श्रीधर शर्मा
सङ्कटकाल
दिनानुदिन बढ्दो हिंसाका कारणले गर्दा सरकार ज्यादै त्रशित बनेको थियो। दुईजनाले पहिलो हत्या मोटरसाइकलमा चढेर गरेको कुरा थाहा पाएपछि सरकारले ‘मोटरसाइकलमा सवारी गर्न दुईव्यक्तिले नपाउने’ भनी प्रतिबन्ध लगायो। जसबाट थुप्रै मोटरसाइकल सवारलाई पुलिसले पक्डियो। हत्या कम भएन। फेरि साइकलमा चढेर हत्यारा भाग्न सफल भए।
