Skip to content

शोभा सुबेदी ओखल्ढुङगा पोकली

” मिठो सपना “

कति सकुँला म मेरा अन्तरंगहरुलाई उसिनिरहन।
कति सकुँला म मेरा आत्मियताहरुलाई यसरी वन्दि बनाइराख्न।
कति सकुँला म मेरा अपनत्वहरुलाई
यसरि सिरानि मुनि खुसारिरहन।
कति सकुँला म एक्लै एक्लै यो रुखो भात खाइरहन।
कति सकुँला म एक्लै एक्लै यो मिठो सपना बुनिरहन।
तिम्रा अभावहरुमा मीठो सुसेली हालिरहन

चोखो विपना चाहिन्छ

मलाई सपना हैन विपना चाहिन्छ।
मलाई कल्पना हैन यथार्थ चाहिन्छ।
मलाई भविष्य हैन वर्तमान चाहिन्छ।
मलाई एक्लोपना हैन तिमी चाहिन्छ।

चोखो प्रेम मिलिरहोस्

मानव–मानव बीचको प्रेम,
प्राणी–प्राणी बीचको प्रेम।
प्रेम गालामा म्वाइँ खाँदैमा,
झाँक हाल्दैमा मात्र हुने होइन,
आँशु झार्दा आँशुमा पनि हुन्छ प्रेम।
रोदन अनि क्रन्दन भित्रपनि लुकेको हुन्छ प्रेम।
हेर्दा आँखाको भाकामा हुन्छ प्रेम।
बोल्दा बोलिमा हुन्छ प्रेम।
कसैले दिएको बस्तुमा हुन्छ प्रेम।
शब्द–शब्दमा, अक्षर–अक्षरमा हुन्छ, प्रेम।
अजीवसँग मौलाएको, झाङ्गिएको हुन्छ, प्रेम

आँसु पिउँदै कति बाँच्ने?

मैले तिमीलाई अविश्वास मागेको होइन
म त आँसु आँसु भएर बाँचिदिएकी छु ।
किन यो जीवन उजाड लाग्छ ?

म आफैदेखि आफैलाई टाढा पाईरहेछु ।
समय पनि कस्तो पापी छ !

मनभित्र माया

माया भन्ने चिज नै यस्तो हुँदोरहेछ,
म जिउँदो-जाग्दो प्रमाण भएकिछु ।
बस म क्रमशः पागल बन्दै गइरहेछु ।
एउटा सद्धे पागल, एउटा प्रेमी पागल ।
मलाई छिनछिनमा उसँग सामिप्य हुँदा,
मलाई पत्तो छैन, म उनको त्यो गन्ध
म खोजीमा छु या उनको माया
जो मैले उनलाई नै थाहा नदिई
एकतर्फी रुपमा समपर्ण गरे किछु।
शरीरले लगभग काम गर्न छोडेको छ ।

प्रेम पीडा

आँशु पिउँदै कति बाँच्न
पापी यो संसारमा
असती काल किन डराएको होला
किन नजर दाग्दैन म मा ।

मनभित्र व्यथा चल्छ
जाँगर हराई गयो
विरहले मन रुन्छ
सम्झना मर्दैन निष्ठुरी कालीको ।