शोभा सुबेदी ओखल्ढुङगा पोकली
चोखो प्रेम मिलिरहोस्
मानव–मानव बीचको प्रेम,
प्राणी–प्राणी बीचको प्रेम।
प्रेम गालामा म्वाइँ खाँदैमा,
झाँक हाल्दैमा मात्र हुने होइन,
आँशु झार्दा आँशुमा पनि हुन्छ प्रेम।
रोदन अनि क्रन्दन भित्रपनि लुकेको हुन्छ प्रेम।
हेर्दा आँखाको भाकामा हुन्छ प्रेम।
बोल्दा बोलिमा हुन्छ प्रेम।
कसैले दिएको बस्तुमा हुन्छ प्रेम।
शब्द–शब्दमा, अक्षर–अक्षरमा हुन्छ, प्रेम।
अजीवसँग मौलाएको, झाङ्गिएको हुन्छ, प्रेम
मनभित्र माया
माया भन्ने चिज नै यस्तो हुँदोरहेछ,
म जिउँदो-जाग्दो प्रमाण भएकिछु ।
बस म क्रमशः पागल बन्दै गइरहेछु ।
एउटा सद्धे पागल, एउटा प्रेमी पागल ।
मलाई छिनछिनमा उसँग सामिप्य हुँदा,
मलाई पत्तो छैन, म उनको त्यो गन्ध
म खोजीमा छु या उनको माया
जो मैले उनलाई नै थाहा नदिई
एकतर्फी रुपमा समपर्ण गरे किछु।
शरीरले लगभग काम गर्न छोडेको छ ।
