एकादेशको गगनराज
ए प्लस
(सहरको एक कुनामा एउटा चिटिक्क परेको पक्की घर छ । सुन्दर बस्तीका छेउको यो घरलाई आफ्नो आँखामा नसजाई जाने बटुवाहरू कमै हुन्छन् । यस घरका प्रत्येक कोठाहरू महङ्गा सजावटका सामानहरूले सजाइएको छ । कोठामा टेलिभिजन, दराज, ओच्छ्यान, किताब ¥याक, सोफा, कम्प्युटरजस्ता सामानहरू ठिकठिक ठाउँमा राखिएको छ । भित्तामा फुटबल, व्याडमिन्टन खेलाडीहरूका पोस्टर टाँसिएका छन् । गितार, व्याडमिन्टन ¥याकेट पनि झुण्ड्याइएको छ । साँझको समय भएकाले बत्ती बलिरहेको छ । यही कोठामा एकातिर राखेको कुर्सीमा बसेर टेबलमा हात अड्याएर नरेश किताब पढिरहेको छ ।)
एकता
(सहरको छेउमा एउटा सानो टोल छ । टोलका केही मानिसहरू टोलकै एउटा घरको कोठाको भुइँमा बसेर तास खेलिरहेका छन् । कोही भने तास खेलेको हेरेर बसेका छन् । कोठाको एकातिर एउटा टेवल छ । टेवलमाथि एउटा टेलिभिजन पनि छ । टेलिभिजनमा विभिन्न राजनीतिक दल र संगठनका मानिसहरूले गरेका भाषणका दृष्यहरू आइरहेका छन् । कोठाका झ्यालहरू खुल्ला छन् । ओच्छ्यान छरपस्ट अवस्थामा छ । कोठामा साना केटाकेटीहरू यताउती गर्दैछन् ।)
लाक्पा ः आज राम्रो तास नै परेन ।
कुमार ः हो त, मलाई पनि त राम्रो तास नै परेन ।
गजल
म बस्छु संकट हा ठुलो परेको देशमा ।
प्रेम र सद् भाबका आँखा फुलो परेको देशमा।
भोका,अनिँदा सबै अनाथ टुहुरा ,नाङ्गा,
सग्लो को नै पो बमले दुलो परेको देशमा।
साँच्नु पर्दैन प्यारी स्वप्ना उज्यालो देख्नने,
खडेरीले पो पल्-पल् झुलो परेको देशमा।
नौलो खबर् यो हैन ज्यान धारमा राखनु,
के नराखौँ रगतको कुलो परेको देशमा।
दैब! पठाई संकट् बस्छौ ‘गगन’माथि ,
शान्ति,मानबता बाँड्ने चुल्हो परेको देशमा।
गजलशिबिर राजधानी

विद्यार्थीहरू मख्ख पर्छन्, दङ्ग पर्छन्