Skip to content

अर्जुन दुङमेन् राई

“तिमी जहाँ छौ त्यहाँ”

तिमी जहाँ छौ त्यहाँ, अहिले मध्ये रात भयो होला
तिम्रो मेरो सपनी मै, कती मिठो बात भयो होला

बेसुरमै अन्दाधुन्द, अंगालोमा बाँध्यौ कि मलाई
झस्कियौ भने कतै, नहुँदामा म घात भयो होला

जाडो बढेपछी बेशीतिर झर्नु पर्‍यो

लेकतिर जाडो बढेपछी बेशीतिर झर्नु पर्‍यो
आफ्नो घर भात्किए पछी छिमेकतिर सर्नु पर्‍यो

वर्षादको समय राती बाढी आउन पनि सक्छ
राँको बाली आजै साँझ पारी गाउँ सम्म तर्नु पर्‍यो

“सधैं हार भो ।”

मायामा तिम्रो जित मेरो सधैं हार भो ।
तिमी बिनाको यो जिन्दगीको के सार भो ?

मेरो समिपै सुम्पिई दिन्छु भनी ठाने
तर तिम्रो निम्ति मुटुमै बिज्ने धार भो ।

परदेशी

“सानु” !
म त अन्जानमै परदेशी भएँ
उत्तिस चिलाउने अनि पैयुँका
पात झै पाहुलिन भनी खसिगएँ
अर्ध निद्राको सपनीमा देखे
बाँधिएको अंगालोमा पाए
परदेशीको एक्लो संसारमा
आई दियौ एकै छिन रमाएँ