Skip to content


“सानु” !
म त अन्जानमै परदेशी भएँ
उत्तिस चिलाउने अनि पैयुँका
पात झै पाहुलिन भनी खसिगएँ
अर्ध निद्राको सपनीमा देखे
बाँधिएको अंगालोमा पाए
परदेशीको एक्लो संसारमा
आई दियौ एकै छिन रमाएँ
तर !
थाहा थिएन मलाई
म हराउने छु आज यो दुनियाँमा
मायाका नशालु आँखाका ईशारा
थाहा भयो मलाई
आँखा माथि कोठीको हुलियामा
“सानु” ! भनन’ भन !
किन ? मेरो दिलमा रमाई
हृदयको जुहार सुम्पियौ मलाई
अमूल्य गहना सरी, मुटु भरी
सदा-सदा छाई दिन खोज्छौ
छैनन र ? यौवन नयनमा अरु
किन ? आखिरी मलाई नै रोज्छौ
अहो !
सिरानीमा ओछ्यानको घण्टी बजेछ
ब्युझेर’ यताउती टोलाएर खोजें
परदेशीको सपना मायामा अल्झें
हुँदो रहेछ यस्तै भनी सम्झे !

– बगदाद ।
http://www.arjundr.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *