Skip to content

विन्दु कोइराला

तारिणीप्रसाद कोइरालाका क्रान्ति-कथाहरू

  • by

परिचय तथा प्रवृत्ति- वि.सं. १९७९ वैशाख १८ गते एक होनहार पुत्रको जन्म नेपालमा भयो, ती व्यक्तित्व हुन्- तारिणीप्रसाद कोइराला । उनी आधुनिक नेपाली कथाका क्षेत्रमा विजय मल्ल र भवानी भिक्षुको हाराहारीमा देखिएका मनोवैज्ञानिक कथाकारका रूपमा परिचित छन् । वी.पी. कोइरालाले कथाका क्षेत्रमा सर्वप्रथम भित्र्याएको मनोविज्ञानलाई विजय र भिक्षुले मात्र अनुकरण गरेनन् यसका अनुशीलनकर्ता तारिणीप्रसाद पनि भए । वी.पी. बाटै प्राप्त यौनवादलाई भिक्षुले उच्छृङ््खल बनाउन चाहेनन् भने तारिणीले चाहिँ आफ्नै दाजुको बिंडो थामेर यस धारालाई स्पष्ट वा छर्लङ्गै पार्ने जमर्को गरेको पाइन्छ- उनका कृतिहरूका अध्यात्मबाट ।