Skip to content

मधुसुधन दुवाडी

गजल

बगैचाको फूल तिमी मलाई त्यसको माली बनाऊ
हर जित चुम्नु तिमी मलाई त्यसको ताली बनाऊ

छेक्नु छ सब आँधी हुरी अनि आउने समस्यालाई
खाँबा बन्नु तिमी मलाई त्यसको पाली बनाऊ

गजल

दिल दुखाइ जान्छौ भने केही भन्नु छैन मेरो
मुटु चुडी लान्छौ भने केही भन्नु छैन मेरो

दुइ दिनको जिन्दगीमा घायल भइ बांचेको छु
फेरि तिर हान्छौ भने केही भन्नु छैन मेरो

गजल

युवाशक्ति तताउने घाम छैन म कुन घामको कुरा गरौ
समय बिताउने कुनै ठाम छैन म कुन ठामको कुरा गरौ

दिनदिनै विदेशिने लहर बढ्दै गइराछ आजकल
यो देशमा कुनै काम छैन म कुन कामको कुरा गरौ

मेरो जन्मदिन

मलाई मेरो प्रत्येक जन्मदिनले झस्काउँछ
मुटु चस्स दुखेर आउँछ
ढुकढुकी बढ्न थाल्छ
अनि कता कता खिन्न लाग्छ
त्यही जन्मदिनको कारण
जसले मेरो जिउने अधिकार खोसिरहेछ

टन्न पिएर आएको छु

तिम्रो मायाको नाममा टन्न पिएर आएको छु
हिजो पूरा थिएँ तर आज खिएर आएको छु

कोमल यो मुटु थियो बज्र शिला प्रहार गर्यौ
दुनियाको सामु बेइज्जतले दबिएर आएको छु