Skip to content

टन्न पिएर आएको छु


तिम्रो मायाको नाममा टन्न पिएर आएको छु
हिजो पूरा थिएँ तर आज खिएर आएको छु

कोमल यो मुटु थियो बज्र शिला प्रहार गर्यौ
दुनियाको सामु बेइज्जतले दबिएर आएको छु

निर्दोष थिएँ दोषी देख्यौ पापी मन रैछ तिम्रो
मरेथें एकपटक फेरी पनि जिएर आएको छु

जाने बाटोको लागि दोश लगाएथ्यौ मलाई
मन फाटेको भएपनि अलिकति सिएर आएको छु

झुटो त्यो वाचा कसम भाछ मनमा आइरहने
विगत बिर्सनलाई भएपनि नशा लिएर आएको छु

2 thoughts on “टन्न पिएर आएको छु”

  1. मधुसुदनजी,
    गजल सलललल बगेको छ।

    मधुसुदनजी,
    गजल सलललल बगेको छ।

    प्रीति/कान्तिपुर फन्टमा लेखिएका रचनाहरू मझेरीमा पढ्न मिल्दैन। ती फन्टबाट कृपया तलको लिंकमा युनिकोडमा परिणत गरेपछि मझेरीमा पोस्ट गर्नुहोला।

    http://www.geoabc.com/
    http://writenepali.blogspot.com/ [नेपालीमा लेख्नुहोस्-३ (प्रीतिबाट युनिकोड)]

  2. Madhu ji..
    Sachai nai tapain

    Madhu ji..

    Sachai nai tapain ko gajal salalaaaaaaaaaaaaaaa bageko chha

    keep it up

Leave a Reply

Your email address will not be published. Required fields are marked *