दिल दुखाइ जान्छौ भने केही भन्नु छैन मेरो
मुटु चुडी लान्छौ भने केही भन्नु छैन मेरो
दुइ दिनको जिन्दगीमा घायल भइ बांचेको छु
फेरि तिर हान्छौ भने केही भन्नु छैन मेरो
सधै भरि तिमीलाई गुनै गरे जस्तो लाग्छ
त्यसलाइ बैगुन मान्छौ भने केही भन्नु छैन मेरो
अहिले सम्म तिमीलाई आफन्त नै मानेको थिएं
मलाइ पराई ठान्छौ भने केही भन्नु छैन मेरो
अब सधै तिमी मेरै हो जस्तो लाग्थ्यो मलाई
अरु कोहीलाई चाहन्छौ भने केही भन्नु छैन मेरो
