Skip to content

कृष्ण धाराबासी

के गरु म यो धरावासीलाई!

  • by

२०३५ सालको मोती–जयन्तीको उपलक्ष्यमा जनभवन, इलाममा भएको कवि गोष्ठीमा लगेको कविताको सिरानमा दाहिनेपट्टि नाम लेख्दा मैले लेखेको थिएँ– कृष्णप्रसाद ‘धरावासी’। घरको ठाउँमा धरावासी लेख्नुपर्ने धेरै कारणहरू थिए त्यसबेला। पारिवारिक, आफन्त, नातागोता आदिसँगको असन्तुष्टि र विश्व मानवतामा देखा परेको अन्याय, अत्याचार र हत्याहिंसाको स्थिति। फेरि भर्खर एसएलसी उत्तीर्ण गरेर क्याम्पस पढ्न गएको १७ वर्षे किशोरको भावुकता पनि थियो त्यहाँ।

बिरालो

  • by

भित्तामा ट“साएर बनाइएको र्‍याकमा पुस्तक बडा जतनले मिलाएर राखेको थिए“ । प्रायः चाहिरहने किताबहरू टेबुलमै थिए । निकै दिनदेखि र्‍याकका पुस्तक चलाएको थिइन“ । छुट्टीको एकदिन पुस्तक मिलाउन भनी र्‍याकबाट पाखा निकाल्न थाल्दा म साह्रै अचम्भित भए“ । पुस्तकहरू त भित्रभित्र माटैमाटो पो भइसकेछन् । भित्तापट्टबिाट धमिरा लागेर किताबको खोल मात्र बा“की बचेछन् । मन साह्रै विरक्त भयो । आफूले कति दुःख गरी कहा“कहा“देखि खोजेर, किनेर अप्रँप्य मानिएका पुस्तकहरू पनि सङ्कलित थिए । कति त पछि पढौ“ला भनी त्यत्तिकै थन्क्याइएका पनि थिए ।

कति दिन पो बित्छ र यस मान्छेसँग ?

मनमा कुनै त्यस्तो युवकको स्पष्ट छाया पनि आइसकेको थिएन। कसैले प्रत्यक्ष रूपमा प्रेमप्रस्ताव राखेको थिएन। आफ्नो प्रेमी वा पति यस्तैयस्तै होस् भन्ने जस्तो अवधारणा पनि बनिहालेको थिएन। तर त्यसैत्यसै शरीर र मन भने चञ्चल र कस्तो-कस्तो हुन थालेको थियो। छिट्टै रिस उठ्ने वा झ्वाट्टै खुसी हुने जस्तो मनस्थिति बन्न थालेको थियो। फूलहरू मन पर्न थालेको थियो, कहाँकहाँदेखि खोजेर ल्याएर फूल रोप्‍न थालेकी थिएँ। आमासँग गनगन गर्दै लुगाहरू थप्‍न थालेकी थिएँ। साथीहरूलाई कर गरेर एक दिन मैले पनि ”ब्युटी पार्लर” पुर्‍याइमागेँ र अनुहार, कपाल, रौँहरू मिलाइमागेँ। हेर्दाहेर्दै ऐनामा म त अर्कैजस्ती देखिन थालेँ।