Skip to content

कृष्ण धाराबासी

KrishnaDharabasi-02

समसामयिक कथावस्तुमा सुन्दर कृति: हजार सपना

आम पाठकहरूको रुचिसमेत यतातिर आकर्षित भएपछि आख्यान विधाका कृतिहरू बाक्लै प्रकाशन हुन थालेका कथा, उपन्यासहरू समयानुकूल र सन्दर्भ अनुसार प्रस्तुत हुने गरेका पाइन्छन् ।

पछिल्लो समयमा मेरो हातमा आएका कृतिहरूमध्ये कुमार काफ्लेको ‘हजार सपना’पनि एक हो । झण्डै सय पृष्ठमा समेटिएको यो उपन्यास समसामयिक विषयवस्तुमा आधारित छ ।

झोला

अफिसबाट फर्किंदा साँझ परिसकेको थियो । बाटामा भेट भएका साथीभाइहरूसँग कार्यालयका, देशका, सरकारका आदि अनेक विषयका परिचर्चा गर्दै सबैसँग औपचारिकताको निर्वाह गर्दै घर आइपुग्दा प्रायः सधैँ ढिलै हुने गर्थ्यो ।

ती उदासी आँखा

सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल फेरि थाल्यो बज्न । मैले भनेँ, ‘उठाउन मीरा ! किन दुःख दिएको त्यसलाई ?’

लेखकको मृत्यु

  • by

व्यक्तिगत जीवनका दुःख-पीडा र समस्याहरूमा समाजलाई जोडेर वा समाजका अप्ठ्याराहरूलाई व्यक्तिमा जोडेर सिर्जना गरिन्थ्यो, काव्य-कृति। अझ आख्यानको त्यति विकास नभएको काव्ययुगमा सबै कुरा उपदेशात्मक र कारुणिक बनाउन कविहरूले प्रशस्त मेहनत गरेका हुन्थे। पूर्वीय साहित्य काव्यात्मक छ। काव्यकै माध्यमबाट आख्यानको व्यवस्थापन गरिएको हुन्थ्यो। ती काव्यहरू अत्यन्त भावुक र कारुणिक हुन्थे। एउटा पात्रको जीवनमा सिङ्गै समाजलाई प्रतिस्थापित गरिन्थ्यो, त्यस्तै परम्परा बस्यो।

पुवामाई होटल र डिकमान विरही

  • by

मेची अञ्चलस्तरीय महानन्द पुरस्कार स्थापना भएको २२ वर्षपछि २०६६ सालमा यो पुरस्कार समर्पण समारोहको आयोजना पाँचथरको सदरमुकाम फिदिमले गर्ने भएको थियो। ०४३ सालमा स्थापित यस पुरस्कारको समारोह पहिलोपल्ट ०४४ वैशाख ३० गते झापाको शनिश्चरेबाट सुरु गरिएको थियो। मेची अञ्चलस्तरीय भएकाले पालैपालो चारै जिल्लामा समारोहको आयोजना गर्ने धारणा रहे पनि झापा र इलामभन्दा माथि यो समारोह चढ्न सकेको थिएन।

KrishnaDharabasi

छापामार युवतीको डायरी

छापामार युद्धमा सामेल भएका युवायुवतीहरूका बारेमा युद्धबाहिर रहेको समाजले जहिले पनि रहस्यमयी अनुमान गरिरहेको हुन्छ । खास गरी उनीहरूसँग एकप्रकारको अज्ञात त्रास अनुभव गरिरहन्छ । छापामारहरूमा पनि जसका लागि लडिरहेका हुन्छन्, उनीहरूलाई नै तर्साएर आनन्द लिने बानी परेको देखिन्छ । हतियार साथमा भएपछि एकप्रकारको दम्भ हुनु त स्वाभाविकै हो । विजय मल्लको ‘कृष्णे र खुकुरी’ कथा एउटा सुन्दर बिम्ब हो हतियार दम्भको ।

तर यथार्थमा छापामार जीवनमा गएका युवाहरूभित्रका पीडा समस्या र द्वन्द्वात्मक भावुकताको अध्ययन छुट्टै तरिकाले गर्नुपर्ने देखिन्छ । उनीहरू छापामार दुनियाँमा जानुका पछि दबिएर रहेका कारणहरूको समाजशास्त्रीय अध्ययन आनावश्यक छ । अहिले दस वर्षे जनयुद्ध समापनको घोषणा गरिएको तर छापामारहरूको व्यवस्थापन हुन नसकेको समय छ । त्यसो त माओवादीइतरका अरू थुप्रै छापामार संगठनहरू अझै सक्रिय अवस्थामा छँदै छन् र त्यतातिर आकषिर्त भइरहेको युवा जमात छँदै छ । द्वन्द्व व्यवस्थापनका लागि सक्रिय भएका संगठन तथा व्यक्तिहरू बाह्य आर्थिक स्रोतका आन्तरिक उपभोक्ताभन्दा बढी देखिँदैनन् । यो शान्ति प्रक्रियाको दोसाँधेकालमा जति सक्रियतापूर्वक यस विषयमा सोचिनु र अध्ययन गरिनुपर्थ्यो त्यसप्रकारको काम हुनसकेको छैन । यसबाट थाहा हुन्छ- हाम्रो देशमा गम्भीरतापूर्वक कुनै पनि कुरालाई हेर्ने शैलीको विकास भएकै छैन ।

अलाउद्दीनको बत्ती

  • by

जीवनमा बाँच्न चाहिने कुरा कति छन्, कति । देख्नु, भोग्नु र चिन्नुपर्ने कुरा पनि कति छन् कति तर हामी त खाली आफ्नै वरिपरिका अनुहारहरूले घेरिएका छाँैं, आफ्नै वरिपरिका ध्वनिले छेकिएका छौँ । हाम्रा दृष्टि, विचार, चिन्तन र सोच सबै स्वार्थका साना-साना ढिस्काहरूमा ठोक्किएर आफैतिर आउँछन् ।

किच्चकबध र राधा

  • by

कुनै पनि कुरालाई सांस्कृतिक मूल्य दिएपछि त्यसले सामाजिक सम्पत्तिको स्थान ग्रहण गर्छ । मानिसले स्थापना गरेका जति पनि तीर्थस्थलहरू छन्, ती सबैमा कुनै न कुनै किंवदन्तीहरू आधार मानिएका छन् । किंवदन्तीहरूको आफ्नै विशेष ऐतिहासिक तथ्य हुँदैन तर सामाजिक विश्वासमा तिनीहरू इतिहासभन्दा पनि शक्तिशाली भएर उभिएका हुन्छन् । अझ आध्यात्मिक किंवदन्तीहरू त भक्तिसँग जोडिएर आउने हुँदा तिनको सामाजिक मूल्य विशेष बन्ने गर्छ ।

भावुकता र दार्शनिकताको संगम

  • by

जहिले पनि मनको वसमा छ मानिस। मनले उडाइरहन्छ, घुमाइरहन्छ। सँधै सबै समय आफूसँग भइरहने भनेको मन मात्र हो । देखिने गतिविधि शरीरको हुन्छ तर त्यसलाई संचालन गर्छ मनले । कुनै बेला मन र कुनै बेला बुद्धिको हानाथापमा शरीरले आफ्नो यात्र गरिरहेको हुन्छ। तर जीवन बुद्धिले भन्दा मनले धेरै निर्देशित हुन्छ। मानिसले जीवनमा अनुभव गर्ने अधिकांश विषयहरू मनका माध्यमले उत्पादन भएका हुन्छ । भावुकता मनसँग सम्बन्धित हुन्छ। भावुकता नहुंदो हो त मानिसले न माया गर्न जान्दथ्यो न प्रेम गर्न पाउँथ्यो, न उ गृहस्थि नै हुन सक्थ्यो । रुनु, हाँस्न, रमाउनु, नाच्नु, रिसाउनु गम्भीर हुनु सबै कुरा नमसँग सम्बन्धित छन्। र मन नै त्यो अनुभूतिको भण्डार हो जसले जीवनका हरेक क्षण प्रकम्पित गराइरहन्छ ।

विचारको मृत्यु

  • by

नित्सेले भने- “ईश्वरको मृत्यु भयो ।” ईश्वरको लासको छेउमा टुक्रुक्क बसेर उनले यो कुरो भनेका थिएनन् । बरु मानवसभ्यता र आधुनिक चेतनाको भौतिकस्तर बढ्दै गएपछि मानवजीवन र जगतको गतिविधिलाई हेर्दै भनेका थिए ।

आस्था भन्नु अलाउद्दीनको बत्ती

  • by

जीवनमा बाँच्न चाहिने कुरा कति छन्, कति ! देख्नु, भोग्नु र चिन्नुपर्ने कुरा पनि कति छन् कति ! तर, हामी त खालि आफ्नै वरपिरकिा अनुहारहरूले घेरएिका छौँ, आफ्नै वरपिरकिा ध्वनिले छेकिएका छौँ । हाम्रा दृष्टि, विचार, चिन्तन र सोच सबै स्वार्थका साना-साना ढिस् काहरूमा ठोक्किएर आफैँतिर आउँछन् । आफैँले बोलेको आवाज पनि अर्काले बोलेको जस्तो सुनिरहेका हुन्छौँ । सानो सोचमा, सानो घेरामा, सानो स्वार्थमा, सानो उचाइमा उभिएर अहंकारका ठूला स्वरहरू चिच्याइरहेछौँ ।

अब कहिले आउँछ्यौ नानू!

“तिमी पनि जान लाग्यौ नानू  !” बाबाको अनुहार एकदम दयनीय र कारुणिक थियो । निरीह थिए आँखा । ओठ पनि कैयौँ दिनपछि पहिलोपल्ट खुल्दै गरेका जस्ता थिए । जहाँबाट आएर पनि सधैं बस्ने उहाँको त्यही त एउटा विशेष ठाउँ थियो, जहाँ आज पनि एकोहोरो टोलाएर बस्नुभएको थियो । यस्तो आवाज थियो उहाँको, मैले केही बोल्नै सकिनँ । त्यसै जीउ लल्याकलुलुकजस्तो भयो, मन चिसो भयो । शरीरभरि अनौठो तरङ्ग कुद्यो ।

भित्ते गणेश

  • by

हरेक बिहान अफिस जान माइक्रोबस चढ्नुपर्छ भित्ते गणेशबाट। भाडा तिर्ने बेलामा खलासीले सोध्छ― “कहाँबाट चढ्नुभएको?” उत्तर दिन्छु― “भित्ते गणेश।” शायद गणेशको यो नाम काठमाडौंका थुप्रै गणेशभक्तहरूलाई थाह छैन। कस्ता भव्य-भव्य विनायकहरूका अघि यो फुच्चे भित्तेको के मूल्य?

कवि मनु र उनका पहाड चढिरहने कविता

  • by

अर्थबेगर हामी जीवनमा कत्ति पनि अघि बढ्न सक्दैनौं । अर्थ नभए आफ्नै नाम पनि हामी चिन्दैनौं । अर्थ भनेको सङ्केत हो, जसले वस्तुलाई चिनाउँछ । जीवनको यात्रा नै अर्थको खोजीमा छ । के हो, किन हो, भन्न खोजेको के हो, आदि । अर्थ र उत्तरहरूले जीवनलाई परिभाषित गरिरहेका हुन्छन् तर के ती अर्थ र उत्तरहरूले कहिल्यै पूर्णता पाउँछन् , तिनले दिएका अर्थहरू नै जीवनलाई बुझन अन्तिम उत्तर हुन् त ; यही छ समस्या । र कविताको त वास्तवमा के अर्थ हुन्छ र, बरु, त्यसमा त भाव, सङ्केत, संवेग कल्पनाहरू नै हुन्छन् । वास्तवमा तिनमा हाम्रा आफ्नै कल्पनाहरू अटाउने कत्ति ठाउँहरू पनि हुन्छन्, जसले हामीलाई रमाउन मद्दत गर्छन् ।

आमा

  • by

धेरै दिनदेखि जान मन लागेको थियो । किन किन मनमा झझल्को आइरहेको थियो त्यो घरको । साह्रै दुःखले बनाएको थिए“ त्यो घर । गरबिी र अभावका सबै रातहरू त्यही“ बिताएको थिए“ । त्यो जमिन जोड्दाको समस्या त झन् कहालीलाग्दो छ । केही त थिएन पैतृक सम्पत्ति भन्नु । दूबो उभिएको हु“ भन्दा पनि हुन्छ ।

आमाका आ“खामा आ“सु त हामीले देखेनौ“ भने पनि हुन्छ तर ती प्रायः सधै“ उदास, थकित र त्रस्त हुन्थे । हर्ुर्किएको छोरो मै भएकाले होला जेजति सरसल्लाह हुन्थे, आमाले मस“ग नै गर्नु हुन्थ्यो ।

काइला दाइका कविता

  • by

असोज १५ मै कार्यक्रम गर्ने भनी भाइ ठाकुर बेलवासेले निम्ता दिनुभएको थियो । बैरागी काइलाको एकल कविता वाचन कार्यक्रम पहिलोपल्ट हुन लागिरहेको थियो काठमाडौंमा । आरोहण गुरुकुल र र्सवदा वाङ्मय प्रतिष्ठानको प्रयत्नमा हुन लागेको कार्यक्रम । काइलाको ठूलो फोटोसहित प्रचार सामग्री टागिएको थियो गुरुकुलमा । ‘खै भाइहरूले कविता पढ्नुपर्छ भनेका छन्, सकिने हो कि होइन’ भन्दै हुनुहुन्थ्यो बैरागी दाइ ।

साहित्यमा नायक

  • by

प्रत्येक व्यक्ति आफ्नो जीवनमा नायक छ। घट्नै घटनाहरुमा ऊ बेहि्रएको छ। उसले बाँचेको सारा जीवनमा ऊ एउटा नायक बनेर समस्याहरुसँग जुध्ने, निर्णय दिने, समाधानका उपायहरु खोज्ने र आफ्नो आश्रयमा हुर्किरहेकाहरुको अभिभावक बन्ने संर्घषमा संलग्न छन्। चरित्रको मूल्याङ्कन गरी समाजमा व्यक्तिहरु कोही नायक कोही खलनायक र कोही घटना सहायमात्र देखिएका हुन्छन्, तर वस्तुगतरुपमा हेर्न सके प्रत्येक व्यक्ति आफ्नो परिवेशको नायक हुन्छ।

हनुमानेको ठेला

  • by

इतिहासले कुल्चेर गएका समयका सबै क्षणहरूमा काला दागहरू मात्र छापिएका छन् । पश्चाताप, विलाप, घृणा र अविश्वासहरूको डरलाग्दो ग्रन्थ भएर उभिएको इतिहास विगतको अनुहार हुँ भन्छ । हामी हरेक वर्तमानमा खडा भविष्यको सुन्दर आकृति खिच्न व्यस्त छौँ तर के त्यो व्यस्ततामा कुनै कुटिलता नमिसिएको सादा सहजता छ –

उदार र र्सतर्क भएर पनि जीवनलाई र्छलङ्ग देख्न नसकिने गरी जीवनमा छौँ हामी । आफैँलाई देख्न खोजेर पनि देख्न सकेनौँ हामीले । सदा दौडधुप, भागाभाग, धमाधममा प्रतिस्पर्धा छ- प्राप्तिका लागि तर त्यो प्राप्ति के हो – कहाँ छ त्यो – हामीले चाहेको के तर पाइरहेछौँ के –

बहुनायकत्वको लीलाचेतः लीलालेखन

  • by

बहुलता आजको युगचेतनाको मेरुदण्ड हो। बहुवाद आजको मानवसंस्कृतिको प्रारम्भ हो । विश्वको कुनै कुनामा पनि आज विकसित हुँदै आइरहेको कुरै यही हो। साहित्यमा, राजनीतिमा, कलामा, वैचारिकतामा, संस्कृतिमा सबैतिर पसेर सक्रिय भइरहेको यही नै अबको जीवन हिँड्ने बाटो हो। कुनै एउटा मात्र व्यक्ति, एउटा मात्र पात्र वा एउटा मात्र विचार मुख्य रहने र बाँकी सबै त्यही मुख्यलाई प्रमाणित गर्न सहायक बन्ने परम्परा अब कमजोर हुँदै गएको छ। विषय, गुण र उपयोगितामा कुनै पनि वस्तुको महत्त्व त्यसको त्यहाँ उपस्थित हुनुले नै स्वतः सावित गरिरहेको हुन्छ। उपभोक्ताले त्यसलाई कतिसम्म महत्त्व दिने भन्ने स्वनिर्णय गर्दछ। उपभोक्तामाथि उसको रुचिविरुद्ध केही कुरा पनि लाद्न सकिँदैन । उसलाई मनपर्ने वस्तुको छनौट गर्ने पूर्ण स्वतन्त्रता छ उसलाई । आजको व्यापारमा पनि क्रेताले आफ्नै हातले आफूलाई आवश्यक पर्ने सामान पसलबाट रोजीरोजी छानेर विक्रेताका अघि बिल बनाउने ठाउँमा थुपार्न खुसी हुन्छन् । डिपार्टमेन्टल स्टोर्सहरूको लोकप्रियता बढ्नुको पछि पनि क्रेताको यही स्वतन्त्रताको आधार रहन्छ ।