Skip to content

झलक सुवेदी

बैंसालु रारा र कान्तिहीन मुगाली

  • by

राराको महिमागानबाट विकट, कष्ट र अपमानका घाउहरू लपक्कै छोपिएको ‘मुगु’ जिल्लासँग साक्षात्कार गर्ने मौका मिल्यो यसपालि। कुनै सडक यातायातले नछोएको यो जिल्लाको एकमात्र विमानस्थलको दुर्दशा हेरेर यात्रा शुरु भयो। मुगुका सांसद चन्द्रबहादुर शाहीको जोडबलमा ड्रागन एयरले नेपालगञ्जबाट हामीलाई ताल्चा विमानस्थल पुर्‍याएको थियो। पहरालाई छुने–छुने गरी जहाजले विमानस्थलको उवडखावड र ढुङ्गासँग तर्कदै अवतरण गर्नुपर्दो रहेछ। र, अलिकति गडबड हुँदा डिलबाट बाँदर खेल्ने भीरतिर जाने खतरा रहेछ। सुनियो, हामीलाई ओह्रालेर फर्केपछि पाइलटले उक्त विमानस्थलमा फेरि नजाने कसम खाएछन्।

सिम्ले साइँलो

  • by

यस वर्ष परेको साउने झरीले सातो-दस दिनदेखि काठमाडौँलाई आक्रान्त पारेको थियो । रातदिनको पानी, हिलो र पत्रिकाको कामको चाप सबै मिलेर मनलाई त्यसैत्यसै दिक्दार बनाएका थिए । पत्रिकामा सम्पादकीय टीमबीच एकरात कतै रमाइलोमा बिताउने निधो भयो । म ठमेलको रात्रिजीवनको अनुभव लिने सुरमा थिएँ । तर, सम्पादकले भ्यालीबाहिर कतै जान जोड गरे । मालिक र सम्पादक दुवैका रूपमा हाम्रो सार्वभौमसत्ता उनमा निहित हुने नै भयो, त्यसैले उनको इच्छा बलशाली सावित भयो । साँझ नपर्दै पत्रिकाको गाडीमा हामी नागढुङ्गाबाट बाहिरयिाँै ।