गुरुको महिमा अपरम्पार
हजारौं योनिमा विचरण गरेपछि एकपटक मात्र मानवयोनि प्राप्त हुन्छ । यस्तो दुर्लभ मानव योनिलाई सफल र साकार पार्न पुर्खाहरूले आचार, व्यवहार र अनुशासनका जटिल व्यवस्था गरेको पाइन्छ । आचार र व्यवहारका कुराहरूको प्रसङ्ग कोट्याउनुपर्दा बाहृय शुद्धि र आन्तरिक शुद्धिसमेत आवश्यक हुन्छ । मानसिक शुद्धि तपः ध्यान, जप, पाठ आदि आन्तरिक शौचका लक्षण हुन् भने बाहृय मुहूर्तमा उठ्नु, शुद्ध तथा तीर्थ, नदीको जलले स्नान गर्नु, आचमन गर्नु, प्राणायाम गर्नुलाई बाहृयशौच भनिन्छ ।
