जापानी हाइकु र तान्काहरूका सादृश्य कोरियाली शैलीका जेन कविताहरूमा ढाँचागत बारबन्देज कम भएकोले कविताहरूमा बौद्धिक र वैचारिक आग्रह एवं भाव प्रखररूपमा परिलक्षित भएको पाइन्छ । कवि प्रसाईंको जेन कविताहरूमा मुटु र मस्तिष्क, भाव र विचार अनि यथार्थ र दर्शनका गणितीय सन्तुलन रहेको छ ।