Skip to content

सुरज लम्साल

ए भानु तिमी कहाँ छौ ?

ए भानु ! ए भानु ! भन न तिमी कहाँ छौ
एक पटक त बोल न तिमी जहाँ छौ !
हिजो अस्तिसम्म त यतै थियौ
मेरो बुढो हजुरबाको मुखार विन्दभरि
रामायणका श्लोक गुनजायमान गरी
पल्ला घरे हजुरमाको सुमधुर वचनसँगै
हाम्रो गोलो घेरा भित्र तिमी थियौ
तर
ए भानु आज तिमी कहाँ छौ !

SurajLamsal

हुने खानेहरूको यात्रा

हुने खानेहरूको यात्रा विमान अनि कारमा छ
छदा खानेहरूको यात्रा वगर अनि झारमा छ

कसैको बास चुहिने झुपडीमा त कसैको बास
शहरको अति महँगा महल अनि दरबारमा छ