Skip to content

गरिबको पिठ्यूँमा भारी छ


गरिबको पिठ्यूँमा भारी छ अँझै
वर्गसङ्घर्ष देशमा जारी छ अँझै

लोकतन्त्र अनि गणतन्त्र आएपनि
घुसखोरीदेखि अत्याचारी छ अँझै

जोत्नेले जोतेकै छ सदियौँदेखि नै
साहुकै नाममा नै खेतबारी छ अँझै

सहरभरि ठूल्ठूला महलहरू बनेपनि
गल्लीगल्ली लाखौँ भिखारी छ अँझै

उत्थानका कुराहरू जति धेरै उठेपनि
पुरूषभन्दा निकै पीडित नारी छ अँझै

सुरज लम्साल
किहुँ 6 तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *