Skip to content

खगेन्द्र लामिछाने

घनघसे

साँझमा घनघसे पिँढीको डिलमा एकोहोरिएर बसेको थियो । उसको कुकुर काले, अघिल्ला खुट्टामा चिउँडो अड्याएर घनघसेको दाहिने छेउमा बसेको थियो । आँगनमुन्तिरको बाँसघारीमा डाङ्रेहरू (सारौं) कराउँदै थिए । घनघसे दिक्क थियो ।

डम्बरे र बाटुलीको सपना

  • by

अशोक रत्नपार्कबाट वीर अस्पतालपट्टबिाट हिँडिरहेको थियो, बिनाउद्देश्य । घाम नलागेकाले दिन चिसो थियो । धूवाँ र तुवाँलो मिश्रति धमिलो वातावरणमा रंगीचंगी ज्याकेट, स्वीटर र ऊनीका टोपी लगाएका मानिसहरू आफ्ना दुवै हत्केलामा मुखबाट तातो श्वास फुक्दै हातहरू रगड्दै थिए । एकतमाससँग हिँडिरहेको अशोकसँग अचानक कोही ठोक्कियो ।