बैशाखपछि आउँदो जेठमा के हुन्छ यस्तै छ खुल्दुली
हावा मात्र भरिएको यो पेटमा के हुन्छ यस्तै छ खुल्दुली
मर्नेहरू सहिद भए शालिक र तस्बीरको लामो सूची छ
बाँच्नेहरूका लागि आउँदो बजेटमा के हुन्छ यस्तै छ खुल्दुली ॥
सुगन्ध कहीं फूलमा र कहीं पातमा हुन्छ
दिनको छटपटी बिर्से मधुमास रातमा हुन्छ
भोको, काकाकूल, प्यासी र बेहोसी मान्छे पनि
रमाउँछ गजबले, जब हितैषी साथमा हुन्छ ।
चिठी पत्र छैन तर सम्झनाको खात् आयो कहिलेकाहीं मात्र आउने उमंगको मात् आयो सम्बन्धमा ऐंजेरुले जरा गाड्ला होस राख्नू दसैं दैलो टेक्दाखेरि हर्षको वर्षात् आयो