Skip to content

ईन्द्र कुमार सुनुवार

नारीको महिमा

नारी तिमी जननी हौ जन्म दिने
असह्य पिडा सहेर शिशुलाई मातृत्व प्रेम दिने

नारी तिमी चेलिबेटी हौ दाजुभाइ पुज्ने
यमराजलाई बिन्ती चढाई माइतिको रक्षा गर्ने

अनौठो प्रेम

ईश्वरको बरदान तिमी, धर्तीकी परी
जहींतहीं तिमीलाई मात्र देख्छु मेरो वरिपरि
आखाले भन्यो मलाई पट्टी लगाऊ
बन्द आँखाले प्रेमको यात्रा कसरी बढाऊ

भिन्नता किन?

केबल तन हो मेरो धन तिमी सग पैसाको थुप्रो
महलमा तिमी बस्छौ म बस्ने घर छ झुप्रो
तिमी खान्नौ हिरामोती म पनि खान्न ढुङगा माटो
खाने अन्न एउटै हो हिड्ने पनि समान छ बाटो

बुवाको सम्झना

यो बर्ष पनि त्यसै बित्यो बुवा चरण छुन पाईन
दुखै दुखमा रुमलिएको जीबन घर आउने साईत जुरेन
मेरो छोरो आएन भनी अ्मुल्य आशु नखसाउनु
आशुले बाटो छेक्छ, छिट्टै आओस भनी आसिष दिनु

परिवर्तन

सदा झै आज पनि आफ्नो तुनाबुना बोकेर एउटा माझी बिहानै माछा मार्न पोखरीतिर लाग्यो।घन्टौको प्रयासपछि आफ्नो जालमा एउटा ठुलो माछा पक्रीन पाउदा ऊ धेरै नै खुसी र उत्साहित देखिन्थ्यो।

तिम्रो प्रेम वियोगमा

मुटुभित्र सानो घाऊ बनेछ तिम्रो प्रेम बियोगमा
हाँस्दा हाँस्दै रुनु पर्यो बाटो फेरियो जीवनको मोडमा
तिम्रो लागि सबै छोडे सबै नाता तोडे

तिमी नभए

तिमी नदी हौ म दुई किनारा तिमीलाई साहरा दिइरहने
तिमी पवन हौ म बतास तिमीसितै बहिदिने
तिमी बादल हौ म बर्षा तिमीबाटै बर्सिदिने
तिमी संगीत हौ म मिठो धुन सँगसँगै गुन्जिदिने