केबल तन हो मेरो धन तिमी सग पैसाको थुप्रो
महलमा तिमी बस्छौ म बस्ने घर छ झुप्रो
तिमी खान्नौ हिरामोती म पनि खान्न ढुङगा माटो
खाने अन्न एउटै हो हिड्ने पनि समान छ बाटो
यो बर्ष पनि त्यसै बित्यो बुवा चरण छुन पाईन
दुखै दुखमा रुमलिएको जीबन घर आउने साईत जुरेन
मेरो छोरो आएन भनी अ्मुल्य आशु नखसाउनु
आशुले बाटो छेक्छ, छिट्टै आओस भनी आसिष दिनु
सदा झै आज पनि आफ्नो तुनाबुना बोकेर एउटा माझी बिहानै माछा मार्न पोखरीतिर लाग्यो।घन्टौको प्रयासपछि आफ्नो जालमा एउटा ठुलो माछा पक्रीन पाउदा ऊ धेरै नै खुसी र उत्साहित देखिन्थ्यो।
तिमी नदी हौ म दुई किनारा तिमीलाई साहरा दिइरहने
तिमी पवन हौ म बतास तिमीसितै बहिदिने
तिमी बादल हौ म बर्षा तिमीबाटै बर्सिदिने
तिमी संगीत हौ म मिठो धुन सँगसँगै गुन्जिदिने