अन्य विधा ( कविता)

चन्दाको सिद्धान्त (खण्ड-काव्य)

चन्द्र मोहिनी नै हुन् चन्दा पहिलो नजरमै दिल चोर्ने
क्षितिजको सपनी बिपनीलाई पनि भङ्ग पार्ने ।

क्षितिज भन्छ– “अब चन्दा मसँग जस्तोसुकै परीक्षा लेऊ
ज्यानै दिन तयार छु , आइदेऊ क्षितिजको छेउ ।”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

janma ani mrithu

एउटामा अर्को मिसायो भने mix हुन्छ
फूटबलमा हैन क्रीकेटमा मात्रै six हुन्छ
मर्नुपर्छ भन्दैमा नहासेर त भएन नि
अरे यार मृत्यु त जन्म संगै सबैको fix हुन्छ |

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

केही टुक्राहरू (इतिहास बाँचिरहन्छ)

इतिहास बाँचिरहन्छ
मेटिन सक्छन
राष्ट्रघातीहरू।

अदालत र मन्दिर
एकै कुरा
आउछन् जान्छन् अपराधीहरू।

भोरमा
भट्टीबाट
बाहिरिए पण्डितहरू।

कालोलाई सेतो
भन्छन्
होइनन् अन्धाहरु।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सलैको काटी

सलैको काटी
थाहा छैन कुन सलैको काटी हु म
तर हेर न म त जलिसकेछु
खरानी हुन चाहन्थे म
तर कस्तो अचम्म
आखा खोलि हेरेको त
यो धर्तिमा तड्पी तड्पी बलिरहेछु
हो था छ मलाई
जली सकेको सलैको काटी हु म
तर अझै पनि जल्न सक्छु म उनको यादहरु मा
बिछोडमा रुदै रुदै धेरै टाढा आए उनलाई छोडी
तर पनि हास्न सक्छु कैलेकाही अतितका मिठा यादहरुमा
————— Shine————

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल

तराईमा दुखिरहेछ नेपाल ,
हिमालमा सुकीरहेछ नेपाल ,
अनि रोग , भोक ,र शोकले छटपटाई रहेछ मोफसलमा नेपाल ।
तर
त्यही माटो समाएर कसम खाई ,
नयाँ नेपाल बनाऊन आएका ति नेताका लागी
अटेस मटेस हुने गरि ५तारेका ८४ ब्यञ्जनमा रमाई रहेछ नेपाल ।
सायद
तीनका लागि नयाँँनेपाल कान्तीपुरका तारे होटल रहेछन् ,
तीनका लागि नयाँनेपाल , गगन चुम्बि महल र महँगा गाडी रहेछन् ।

अनि तीन् लाई के थाहा कहाँ कहाँ दुखिलहेछ नेपाल ।

तराईका लमतन्न सिमाहरूमा दुखिरहेछ नेपाल
हिमालका पनीढलोहरूमा दुखिरहेछ नेपाल
पहाडका झरनाहरूमा रोहिरहेछ नेपाल

त्यही पानी समाएर कसम खाई नयाँ नेपाल बनाउन तम्सिएकाहरूलाई के थाह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई थोपा आशु चुवाइ दिनु होला

पिर-चिन्ता छ यो मनमा यस्तो,
बाँच्नुनै प्यारो भएनी जे जस्तोl

यो जिन्दगी कस्तो कस्तो?
सल्केको चुरोट्को धुलो जस्तोl

आशा सबै मरी सके,
बिरानो लाग्छ जिन्दगी किन होला ?

म मरे पछी मेरो लासमा,
दुई थोपा आशु चुवाइ दिनु होलाl

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुखेको सपना

एउटा,
दुखेको सपना
विक्षिप्त अनुहार , मलिन कान्ति
नशा नशामा बगेका उर्जाहिन तरलता
म भोग्दैछु अन्र्तसंघर्ष
अनि
हार पनि मेरै जीत पनि मेरै
आशु पनि मेरै गीत पनि मेरै

प्रत्येक निमेषमा आफ्नै असफलता निल्दैछु
थाहा छैन किन सफल भएको ढोगं गर्दैछु ?
त्यो सुनसान रातमा हरेस खाइ हिडदा
आफ्नै छायाले पनि छाडेथ्यो
फेरी सबैले भने सपना त राती पो देख्नु
मैले भने हैन दिउसो देख्नुपर्छ किन भने उ होशमै हुन्छ
र सपना पुरा गर्ने सामथ्र्य राख्छ ।
अनि म दिउसो सपना देख्नेमा पर्छु
त्यसैले त मेरो सपना दुखेको छ ।
र मेरो सपना छ
अभाव भन्ने कुराको अभाव
समानताका रेखाहरु जताततै
सबैको मुहारमा उज्यालो कान्ति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मन अनौंठो मानिसको,

मन अनौंठो मानिसको,
खोक्रो खोक्रो !
एकाबिहानै कता कता बल्झिएको,
त्रास मुटुभित्र पसेको!
यत्रो यस संसारमा किन –
मन मात्र अनौंठो मानिसको ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महसुस

मलाई सम्झनेछौ तिमी कसैको पनि साथ नहुँदा।
याद गर्ने छौ घरी घरी उदास र दुखी तिम्रो मन हुँदा।
अनी रुनेछौ तिमी मेरो माया र साथ सम्झी सम्झी,
खोज्ने छौ तिमी मलाई त्यती बेला म हुनेछु धेरै टाढा।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आकाश फोर्न निस्कियो मन

अतितले पेलेर सम्झनाहरू, तेल निस्कियो
त्यही तेलमा चिप्लेर, वर्तमान जिस्कियो
जून हरायो बादलभित्र,
आकाश फोर्छु भनेर, यो मन निस्कियो !!!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नखोज्नु है मलाई

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा,
म त उजाड मरुभुमिमा आफै हर्राई सकेछु ।
नसम्झिनु है मलाई कुनै रमाइलो खुशियालीमा,
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु ।
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा,
मत औसीको रात बनि अँधेरोमा डुबी सकेको छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म घुमाउछु त्यो घण्टाघर को सुई

कोलाहाल त्यो एक्कासी ठप्प भईदीयो ।
कालो बादल निरशताको छप्प छाईदीयो ।
आत्तीयर कति त्यहाँ ककर्श रागमा गाउदैछन् ।
मंगल धुनले ढाकीदीन बडो जोर लाउदैछन ।

फाटेको जमिन भित्रै कति पसे रे ।
अस्ताएन सुर्य त्यहा कति डडे रे
प्रलयले उराठ लाग्दो शहर दखीयो ।
मौलाउन तयार सृष्टी सबै मेटीयो ।

ब्वासोहरुको रमिता बिस्तारै बड्ने छ ।
सन्तापको मलम छैन शरीर गल्ने छ ।
सोचे मैले समय त रोकीए जस्तो छ ।
तैपनी दुधे बालक सपनाको रस चुस्दो छ ।

(समबेदनाको भिड बाट अलग्गीयर मैले सोधे)

घाम अस्ताउने, उदाउने यो रित कसरि मेटियो ?
बेगबान पृथ्बीको परिक्रमै कसरी छोटीयो ?
मौलाउन तयार सृष्टी सबै रोकीयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नबोदय !

It is the stubborn beginning; everyday had brought one hideous night. It is the time to determine, every dawn comes from one black night. It is the certainty of nature so we can revolutionize. Do hands on hands!

आदि,
अकडो अन्त्यको ।
बुझौ,
अकन्टक शशिलाई ।
आज एउटा अन्त्य
भोली अर्को सुर्योदयलाई ।
अकपट त्यो निशा
आदि हो नब लालीको ।
सोच,
अकर्मण्य बिबेकको
यथार्थमा अन्त्य हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।

अकथ्य अन्धकारमा
भुमीगत बाँच्नेहरु
अखबारमा राष्ट्र कुंद्वैछन् ।
न हार,
अकर्मण्य बिबेकको
यथार्थमा अन्त्य हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भड्किलो नजरले नहेर तिमी

रसिलो ओँठले जिस्काएर भड्किलो नजरले नहेर तिमी
म मात्तिसकेको छु अब भड्किलो नजरले नहेर तिमी ।
मैले होश गुमाएको बेला अरू जोश नपिलाऊ तिमी
भोलि बात लाग्ला तिम्रो भडकिलो नजरले नहेर तिमी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •