पाँचवटा छोक (छोटा कविता)हरू

१) मिर्मिरे
यहाँ उज्यालो बोलाउने नै निदाएपछि
सम्मानित अगुवाले नै बाटो बिराएपछि
भन ए ! अन्धकारका वीर शत्रुहरू हो
अब मनहरूले कसरी मिर्मिरे अन्माउने ?

१) मिर्मिरे
यहाँ उज्यालो बोलाउने नै निदाएपछि
सम्मानित अगुवाले नै बाटो बिराएपछि
भन ए ! अन्धकारका वीर शत्रुहरू हो
अब मनहरूले कसरी मिर्मिरे अन्माउने ?
सलैको काटी
थाहा छैन कुन सलैको काटी हु म
तर हेर न म त जलिसकेछु
खरानी हुन चाहन्थे म
तर कस्तो अचम्म
आखा खोलि हेरेको त
यो धर्तिमा तड्पी तड्पी बलिरहेछु
हो था छ मलाई
जली सकेको सलैको काटी हु म
तर अझै पनि जल्न सक्छु म उनको यादहरु मा
बिछोडमा रुदै रुदै धेरै टाढा आए उनलाई छोडी
तर पनि हास्न सक्छु कैलेकाही अतितका मिठा यादहरुमा
————— Shine————
तराईमा दुखिरहेछ नेपाल ,
हिमालमा सुकीरहेछ नेपाल ,
अनि रोग , भोक ,र शोकले छटपटाई रहेछ मोफसलमा नेपाल ।
तर
त्यही माटो समाएर कसम खाई ,
नयाँ नेपाल बनाऊन आएका ति नेताका लागी
अटेस मटेस हुने गरि ५तारेका ८४ ब्यञ्जनमा रमाई रहेछ नेपाल ।
सायद
तीनका लागि नयाँँनेपाल कान्तीपुरका तारे होटल रहेछन् ,
तीनका लागि नयाँनेपाल , गगन चुम्बि महल र महँगा गाडी रहेछन् ।
अनि तीन् लाई के थाहा कहाँ कहाँ दुखिलहेछ नेपाल ।
तराईका लमतन्न सिमाहरूमा दुखिरहेछ नेपाल
हिमालका पनीढलोहरूमा दुखिरहेछ नेपाल
पहाडका झरनाहरूमा रोहिरहेछ नेपाल
त्यही पानी समाएर कसम खाई नयाँ नेपाल बनाउन तम्सिएकाहरूलाई के थाह
एउटा,
दुखेको सपना
विक्षिप्त अनुहार , मलिन कान्ति
नशा नशामा बगेका उर्जाहिन तरलता
म भोग्दैछु अन्र्तसंघर्ष
अनि
हार पनि मेरै जीत पनि मेरै
आशु पनि मेरै गीत पनि मेरै
र
प्रत्येक निमेषमा आफ्नै असफलता निल्दैछु
थाहा छैन किन सफल भएको ढोगं गर्दैछु ?
त्यो सुनसान रातमा हरेस खाइ हिडदा
आफ्नै छायाले पनि छाडेथ्यो
फेरी सबैले भने सपना त राती पो देख्नु
मैले भने हैन दिउसो देख्नुपर्छ किन भने उ होशमै हुन्छ
र सपना पुरा गर्ने सामथ्र्य राख्छ ।
अनि म दिउसो सपना देख्नेमा पर्छु
त्यसैले त मेरो सपना दुखेको छ ।
र मेरो सपना छ
अभाव भन्ने कुराको अभाव
समानताका रेखाहरु जताततै
सबैको मुहारमा उज्यालो कान्ति