Skip to content

indrakumar

तिमीलाई सम्झिरहोस्

फूल जस्तै ओइलिएर गयो मेरो माया
मुटु भरी जति नै साचेर राखे पनि
कहीले नजोडिने हाम्रो बियोग भयो
जति नै देवी देवता भाके पनि

दोषी थिए म तिमीले हेर्ने नजरमा
निर्दोष बनी तिम्रो निन्दा गर्न सकिन

तिमी जुन भै चम्क

आज फेरी एउटा पत्र हात परेको छ
पत्र भरि तिम्रो माया छरिएको छ
छरिएको माया फेरी बटुल्नै सकिन
चाहेर पनि तिमीलाई अगाल्न सकिन

फुकाइदेउ सबै बाचा सग्सगै खाको
तोडिदेउ अटुट नाता जुनिभर लाको

तिमीलाई रोज्नेछु

आँखामा तिम्रै तस्बीर राखेर
मनमा तिम्रै माया साचेर
ओठभरी तिम्रै नाम जपेर
दिन ढल्दैछ तिमीलाई सम्झेर

खाना बस्दा पिरा रखिदिन्थ्यौ
खानुस् न अझै भन्दै थपिदिन्थ्यौ

हराएकी मायालु

तिमीसित नभेटी नै छुटिनु पर्‍यो
तिम्रो खुशी भर्दाभर्दै रित्तिनु पर्‍यो
मलाई छोडि अरुको नै हात समायौ
सारा बन्धन तोडी मलाई एक्लो बनायौ

सात जूनीसम्म तिमीलाई रोजेको थिए

दिलको धड्कन

आउन हामी उडिजाऊ बादल लाई भेट्न
एउटा पङ्ख तिमी हम्क अर्को पङ्ख म
तिमी भन बर्सिदेऊ बादल उजाड भूमिमा
म भन्छु छेकिदेऊ तातो राप गर्मी याममा

सुन्दर सन्सार यात्रा गरौ एउटै रथमा

सपनीमा किन आइरहन्छौ ?

तिम्रो खुशी त मागेको छैन मैले

घरिघरि किन मलाई रुवाइरहन्छौ ?

बिछोडको सीमारेखा कोरिसकें मैले

अझै पनि सपनीमा किन आइरहन्छौ ?

मेरो पनि मुटु छ तिम्रो जस्तै


नमाग तिम्रो याद

किन आउछ मलाई तिम्रो याद्
तिमीलाई त मैले सदैभरी भुल्नु छ ?
बसन्तको हरियालिमा तिमी फुलेउ
म त शरदको उजाडमा फुल्नु छ!

तिमीबाट बिछोडिनु नै थियो भने
हाम्रो मिलन नभाकै जाती हुन्थ्यो

आओस अब दशै

आउछ दशै बर्ष पुर्‍याइ
जान्छ दशै ऋण बोकाइ
जसोतसो जोर जाम गर्नैपर्छ
महान पर्ब खुशीले मान्नैपर्छ

अहा!कती राम्रा घरहरु रङ्गिएका
पिङ्गमा बासका लिङ्गोहरु बाङ्गिएका
खुशी र आनन्दको बिकुल फुक्दै

मन झस्किन्छ

तिमी छौ वारी म छु पारी बिचैमा साउने भेल
न परिवार न त समय कसैले गराएन हाम्रो मेल
मायाको डोरी फुकाउनु पर्ला गाठो नै नकसी
मेरो मनको ढोका गर्दैछु बन्द तिमी नै नपसी

साचो मायामा

भन्थेऊ दुई मुटु एउटै हो
नमरे सम्म तिम्रै पेवा जस्तै
तिमी त बद्लेछौ थाहै नपाई
मेरो मुटु अनि म त छु उस्तै

साथ दिन्छु भन्ने तिम्रो बाचा
आधा बाटो नपुग्दै बिर्सिदियौ
प्रतिक्षामा तिमीलाई कुरी बसे

मझेरी धन्य छौ!

मझेरी धन्यबाद तिमीलाई
मुरीमुरी मुटुको स्पन्द स्पन्दबाट
पाठकलाई लेखक बनाउछौ
अनि बिष्लेखक लेखक बाट

सादा पाना भावनाले भरिने
तिमी नै हौ मनको बह साटिदिने
अनगिन्ती तरङ्गहरु मिलनबिछोडका

प्रश्नहरु

सागरको गहिराइ लाई सोधे
तिमी गहिरो कि मेरो माया?
मेरो तटमा त पुग्छौ तिमी तर
पुगी आऊ पैले मुटुको दायाबाया!

आकसको उचाईलाई सोधे
तिमी उच्च कि मेरो भावना?
नक्षत्र तिमी पुग्न सक्छौ तर

तिम्रो याद

कुर्दा कुर्दै थाकिसकें तिमी कहा छौ प्रिय!
तिमी बिना लाग्छ सबै जीवनमा अपृय
छन् सबै तर देख्छु चारैतिर सुन्यता
कुन भाग्यरेखाले छेकिदियो भयौ कता कता

तिम्रो खुसी

जीबनभर रुवाउनु थियो त
दुई पलको लागि किन हसायौ?
दोबाटोमा छोड्नु थियो त
साथ साथै लिएर किन हिडायौ?

बिचल्ली नै पार्नु थियो त
सुन्दर सपना किन देखायौ?
झुठो सहाराको नाटक गरी