स्तर खोज्नुपर्यो
साहित्यिक पत्रिकाको अभाव भइरहेको बेला मधुपर्क प्रकाशित हुनु ज्यादै राम्रो थियो । गुणस्तरीय कागज, छपाई, आकार ठिक्कको थियो । सबै राम्रो थियो, पछि खस्कियो । कागज पनि त्यति राम्रो भएन, आकारमा पनि एकरूपता राख्न सकेन । मेरो भनाई केहो भने कागज, छपाई र आकारमा एउटा ‘स्तर’ कायम गर्न सकेन । सस्तो कागज खोज्ने होइन, बरु मूल्य बढाइदिए हुन्छ नि ! पत्रिकाको सङ्ग्रहकर्ताका लागि गुणस्तरीय कागज, छपाइ र आकारमा एकरूपता हुनु आवश्यक छ ।
