पहिले पहिले सरिताको सबैले प्रशंसा गर्ने गर्थे । टोलछिमेकमा शिष्ट मिजासिली शीलस्वभाव स्पष्ट वक्ता र मेहनती युवतीको उदाहरण दिनु पर्दा सबैले उनै सरिताको नाम लिने गर्थे । उनको पढाइ पनि असाध्यै राम्रो थियो । उनको मेहनत र लगनशीलता देखेर बुबाआमा र दाजुले पढाइमा निरन्तरता दिन सहयोग गरे ।
केही दिन अघिको साँझ म अफिसबाट आएर बरण्डामा आराम गर्दै थिएँ । “आज किन ढिला नि ?” श्रीमतीज्यूले मेरो लागि चिया लिएर आउदा आउदै बाटैदेखि म ढिला हुनुको स्पष्टिकरण माग्दै आइन्, “तपाईको आज भोलि मति विग्रिएको