Skip to content

तिम्रो लागि जीवन् दिन्छु

  • by


धेरै दिन भो नभेटेको,
मनमा न्यास्रो लागिरा’ छ ।
जवानीको धुपले हो कि
भित्र प्यास जागिरा’ छ ।

आउछु भन्थ्यौ आएनौ नि?
कतै छुट्टी मिलेन कि?
घरमा काले भएकोले
छादि हिड्न पाएनौ कि?

कति गर्छौ चुलो चौका
दिक्क पनि लाग्दो होला?
मन मिल्ने साथी पाए
रम्ने मन लाग्दो होला?

तिम्रो लागि जीवनभर
साथ दिन्छु भनेकै छु।
दुखकष्ट परिआउँदा
सक्दो गर्ने प्रण गर्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *