Skip to content

दुर्गालाल श्रेष्ठ

धर्म ध्वनि

  • by

धर्मको ध्वनि फैलियोस्
बुद्ध-वाणी गुञ्जियोस् !
विश्व नै ढकमक्क पारी
शान्ति फूल फुलिरहोस् !

एक नै सब हो सबै बुझ
एक हो है, एक हो
मर्म यो नै धर्म हो है
बुद्धको सद्धर्म हो !

प्रेम दिवस

  • by

आज व्याप्त छ व्योममण्डल
दीप्त प्रेमपरागले
दिन घमैलो पनि छ रक्तिम
स्वप्नयुक्त सुहागले
देख्छु चुनरी फरफराई
उडिरहेको कल्पना

रित्ता गाग्राको रुक्खो स्वर

  • by

आज सखारै रित्तो गाग्रो
देख्छु रुँदै भौँतारिरहेको !
हुन्छु म जति पर उति नै त्यो स्वर
हेर न वरवर आइरहेको !

रुक्खो स्वर हो तर त्यसले पनि
यति गहिरीकन भित्र छुँदैछ,
पत्थर मन पनि पग्ली पग्ली
जलमय मेरो नेत्र हुँदैछ !