नवराज सुब्बा नेपाली साहित्यमा कवि र निबन्धकारका रूपमा परिचित नाम हो । ‘जीवन मेरो शब्दकोशमा’ (कवितासङ्ग्रह २०६३) र ‘मनको मझेरी’ (निबन्धसङ्ग्रह-२०६४) प्रकाशन गरेर साहित्यिक जगत्मा पृथक् पहिचान र प्रभाव देखाउन सफल नवराज सुब्बाले ‘बीच बाटोमा ब्यूँझेर’ (कवितासङ्ग्रह-२०६५) पाठकसमक्ष पस्केका छन् ।