मधुपर्क २०६७ साउन
बेलाइत यात्राका अनुभूतिहरू
कविता, आत्मपरक निबन्ध र नियात्रामा कलम चलाएर प्रकाशित कृतिहरूको सङ्ख्या दर्जन कटाइसकेका भीष्म उप्रेतीको पछिल्लो कृतिकारूपमा भर्खरै प्रकाशित भएको छ ‘घर र्फकने दिन’ । उनको साहित्यिक लेखनको पहिलो सङ्गृहीत खुड्किलो यात्राका केही थुँगा फूल (२०४६), नीलो पानी र नीला भावनाहरू (२०५५), लहरलहरका अक्षरहरू (२०५८), तेहरान डायरीको एक साता (२०६३) र घर र्फकने दिनले उनलाई कवि जत्तिकै सशक्त नियात्राकार व्यक्तित्वका रूपमा पनि स्थापित गराएका छन् ।
यथार्थवादी गजलसङ्ग्रह
नेपाली साहित्यमा डेढदशक यता गजल विधाले हस्तक्षेप गर्दै आइरहेको छ । लोकप्रियताको शिखरमा रहेको यस विधाका सयौँ कृतिहरू प्रकाशित हुँदै आइरहेका छन् । सभा-गोष्ठीहरूमा गजलकै बाहुल्य प्रष्ट देखिन्छ । नयाँ-पुराना सबै स्रष्टाहरूलाई यसले आफूतिर अत्यधिक आकर्षित गरिरहेको छ । गजल विषयक ग्रन्थहरू पनि धमाधम प्रकाशनमा आइरहेका छन् ।
नेपाली राजनीतिक कथाहरू: लोककथाको महत्त्वपूर्ण कृति
कथा आजको अत्यन्तै लोकप्रिय विधा हो । कथामा धेरै प्रयोगहरू पनि भएका छन् । आजको सर्वाधिक चर्चा र आकर्षणको विषय राजनीति हो । राजनीतिकै कारण देश र जनताले दुःख पाएको अवस्थामा राजनीति विशेष चासोको विषय हुँदोरहेछ । चासोकै कारण यी विभिन्न समय खण्डमा साहित्यकारहरूले राजनीतिलाई आफ्नो साहित्यिक कृतिहरूमा सम्बोधन गर्दै आएका छन् । कवितामा मात्र होइन गद्याख्यानमा पनि राजनीतिले यथेष्ट सम्बोधन पाएको छ । कथामा त अझ विशेष रूपमै राजनीति सम्बोधित छ ।
सम्बन्ध
कोठाको दृश्य ।
कोठाको दैलो खोलिन्छ । एक युवक हातमा केही पोका झुण्ड्याएर भित्रिन्छ । भित्रबाट दैलो लगाइदिन्छ ।
ग्यासको चुल्हो राखेको ठाउँमा जान्छ । चुल्होमा पानी बसालिदिन्छ । ल्याइएका पोकामध्ये एउटा पोका कफीको हुन्छ जुन बसालिएको पानीमा अलिकति हालिन्छ । अर्को पोकाबाट चिनी हालिन्छ । अरू पोका त्यतिकै छाडिन्छ ।
नयाँ- नयहाँ नेपाल
नेपालमा धेरै वर्ष दरोसँग जरो गाढेको राजा गयो । राजा गएपछि राजतन्त्र पनि स्वतः जाने भइहाल्यो, गयो । उही सानातिना र झिनामसिना राजतन्त्र रहृयो भने, त्यो बेग्लै कुरा हो । त्यो त पार्टीहरूभित्र पनि विचित्रसँग टाँसिएर रहेको हुन्छ । जहाँ ठूलोमान्छेको आज्ञा सानोमान्छेले पालना गर्नुपर्छ, त्यहाँ अपरिहार्य र अटल हुन्छ । जेहोस् मूलरूपमा राजतन्त्रको पुल भाँचियो, खाँबो ढल्यो । राजतन्त्र गएपछि छुमन्त्र गरेझैँ प्रजातन्त्र-लोकतन्त्र भएभरको तन्त्रलाई पनि नाघेर एकैचोटि गणतन्त्रको स्थापना भयो । गणतन्त्र भएपछि हामीले ल्याएको भनेर, जस् लिने होडबाजी चल्यो । मैले छातीमा हात राखेर, फुर्तीका साथ भन्नुपर्दा, छ पार्टीको नेतृत्वमा जनताले ल्याएको हो-हो ! अरू कसैले थपक्क ल्याइदिएको होइन । कसैको बाबुको बपौति होइन ।
