मायाँमा अडिएको छ दुनिया
विश्वासले चलेको छ संसार
प्रेमी प्रेमिकामा धोका नहोस।
श्रीमान श्रीमतीमा घात प्रतिघात नहोस।
सानो भएर पनि सिङ्गै विश्व अट्न सक्छ यो दिलमा
सानो फिलिङ्गा रुपी आगोले संसार नजलाओस।
आफैसँग भाग्ने आयु छेक्न पाए हुन्थ्यो ,
आफ्नो हातले आफ्नो भाग्य लेख्न पाए हुन्थ्यो !!
चखेवाको जोडी भई उड्न पाए हुन्थ्यो ,
उनको मनको वेदनालाई चुँड्न पाए हुन्थ्यो ! !
कहिले यो जिन्दगीलाई पल पलमा शंश्लेषण गर्न मन लाग्छ । त कहिले त्यही पल पल जोडेर जिन्दगीको बिश्लेषण गर्न मन लाग्छ । महत्वहीन एक पलको कति महत्व हुँदो रहेको मान्छेको जिन्दगीमा त्यही एक पलले मलाई जिन्दगीको निर्णय गर्न बाध्य बनायो । सरु ! त्यसैले आज म तिमीसँगको एक पल लेख्ने प्रयास गदैछु ।