कहिले यो जिन्दगीलाई पल पलमा शंश्लेषण गर्न मन लाग्छ । त कहिले त्यही पल पल जोडेर जिन्दगीको बिश्लेषण गर्न मन लाग्छ । महत्वहीन एक पलको कति महत्व हुँदो रहेको मान्छेको जिन्दगीमा त्यही एक पलले मलाई जिन्दगीको निर्णय गर्न बाध्य बनायो । सरु ! त्यसैले आज म तिमीसँगको एक पल लेख्ने प्रयास गदैछु । सरु जुन पलले मलाई सँगै बाँच्ने र सँगै मर्ने सम्मको निर्णय लिन पर्यो । यसको मतलव तिम्रो बेईज्वत गरी तिमीलाई हलुका बनाउने मनसायले अबश्य पनि होइन । यो त एउटा बहाना मात्र हो खास गरि मायालाई पुनः ताजा गर्नु हो । अनि फेरि हाम्रो मायालाई अलिकति गोडमेल गर्नु हो । हाम्रो मायालाई मलजल गरे जस्तो होसभन्ने सोचले मात्र हो सरु आज म गोदावरीको बारेमा लेख्न चाहान्छु । कतिले आफ्नो मनभित्र सँगाल्दा हुन तर म आज सझनाको अमृत छर्केर हाम्रो मायालाई ब्यूताउन चाहान्छु ।
मैले तिम्रो फुर्सदलाई बिचार गर्दै सोधेको थिए तिम्रो फुर्सद मिल्छ भने अलिकति समय निकाल्न सक्छौ ? सरु मेरो लागि त्यति बेला तिमीले भनेकी थियौ निकाल्छु नि तपाईको लागि जति पनि समय निकाल्छु बरु तपाईलाई के को लागि हो फुर्सद भए म सग कतै घुम्न जाने हो तिमीले जाने ईच्छा देखाएकी थियौ तर मैले भनेको ठाउमा नै जाने भने मात्र म घुम्न जान्छु भनेकी थियौ । अनि मैले तिम्रो प्रस्तावलाई स्वीकार गरेको गरे । तिमीले गोदावरी जाने चाहाना ब्यक्त गरेकी थियौ । सरु त्यो मेरो लगी पहिलो भ्रमण थियो । त्यसैले होला मन उत्सुकताले फुरुक्कै भएको थियो । अघिल्लो दिनको सल्लाहा अनुसार नै म तिमीले भनेको ठाँउ सातदोबाटो एका बिहानै ७ बजे नै पुगेको थिएँ । एकै छिनपछि तिमी पनि आई पुग्यौ र हामीले गोदावारी को यात्रा सुरु गर्यौं । त्यति बेलाको कुरा सम्म गर्दा पनि मन भरी खुसीका तरङ्गहरू छछल्किन थाल्छन्………… ।
आहा ! गोदावरी पहाडको फेदीमा फैलीएको निक्कै ठुलो फाट र हरियो चौरमा स्वातन्त्रले प्रेम भावहरू जताततै ब्यक्त भई रहेको देखिन्थ्यो । यसो हेर्दा बन पाखाहरूले पनि त्यहाँ आउने प्रेमी प्रेमिकालाई स्वागत गरि रहेको जस्तो आभाष हुन्छ । प्रेमी प्रमीको भाव बोलिरहेका जस्तो लाग्छ । जता हेरे पनि एक एक जोडी प्रेमी प्रेमिकाहरू बसेर गफ गरी रहेका देखिन्छ । आफ्नो मायामा सबै सबै दिन तत्पर रहेका ती अन्धा प्रेमी प्रेमिकाहरू कसैलाई देख्दैनथे । देख्थे त केवल आफ्नो मायालुलाई मात्र । उनीहरू स्वातन्त्रमा लिन देखिन्थे आफ्नै मायामा बिलीन देखिन्थे । हुन पनि मायाले खोज्ने एउटा मिठो एकान्त यो भन्दा उपयुत्त ठाउ कहाँ होला र यसैको भरपुर फाईदा उठाउन सबै सबै आतुर र अग्रसर देखिन्थे । अनि एक पटक आँखाले भ्याए सम्म हामीले पनि राम्ररी हेरी सके पछि तिमीले सोध्यौ – कस्तो लाग्यो नी माईला यो ठाँउ तपाईलाई मैले भने यो त प्रेमी प्रेमिका को लागि धरतीको स्वर्ग रहेछ सरु जहाँ तिमीले मलाई ल्यायौ सरु साँच्चि नै मलाई त मन पर्यो । मेरो हृदयले खोजिरहेको स्वर्गमा नै ल्याएछौ तिमीलाई धेरै धेरै धन्यावाद भनेका थिए । तिमीले त्यती बेला भनेकी थियौ माईला म पनि हिजो अस्ती मात्र सिस्नो टिप्न आएको त्यती बेला मलाई मन परॆको ठाँउ तपाई सग आज आउन फेरि जुर्यो । तिमी पनि त्यतिकै खुसी थियौ ।
स्वतन्त्रको हरियो फाटमा त्यो पहारीलो घाम लागेका ठाउको हामी पनि बस्यौ । म तिमीसँग लैला-मजुन को करा गर्न चाहान्थे । रोमियो-जुलियटको कथा सुनाउन चाहन्थे । तर तिमी भने आफू र आफ्नो कुरा मात्र गर्न चाहान्थ्यौ । तिमीले आफ्नो कुरालाई यसरी मिठो सैलीमा सुरु गरेकी थियौ अँ माईला एक दिन मान्छे सबै मरिन्छ रे हो हामीले जे पनि देखिरहेको छौ त्यो सबै एक दिन बिलाएर जान्छ रे हो अनि भन्छन जहाँ माया त्यहाँ नै घृणाजहाँ विश्वास त्यहा नै शंका यिनिहरू त एउटा सिक्का को दुईटा पाटा हुन रे हो माईला तिम्रो कुरालाई मैले सहमती जनाएको थिएँ । त्यही मौका छोपेर तिमीले फेरि अर्को कुरा पनि सोधेकी थियौ माईला हाम्रो यति गहिरो माया हुदा हुदै हाम्रो माया भविष्यमा असफल भयो भने तपाई के गर्नु हुन्छ यो प्रश्न ले मलाई र स्तब्ध बनाएको थियो । अनि निक्कै साहस बटुलेर भनेको थिएँ । सरु म यो त कल्पना गर्न पनि सक्तिन । र मेरो तर्फबाट यस्तो हुन पनि सक्दैन । यदि तिम्रो चाहाना र ईच्छा नै त्यस्तै भयो भने म तिमीलाई तिम्रो सफल भविश्यको लागि धेरै धेरै शुभ कामना दिनेछु । तिम्रो मन परेको मान्छेलाई म आफ्नो प्रेमिका दान गर्ने छु । त्यति बेला तिमीले मलाई फेरि शंका गरेकी थियौ माईला मलाई तपाई हृदयदेखि नै माया गर्नु हुदैन हो? यदि माया गर्नु हुन्छ भने कसरी आफ्नो प्रेमिकालाई नै दान गर्ने उद्धारता देखाउन सक्नु हुन्छ? फेरि माया कसैलाई दान दिने बस्तु हो र? त्यति बेला मैले भनेको थिए – सरु तिमीले कुन कसम खानु पर्छ भन्छौ म त्यही कसम खाएर भन्न सक्छु । म तिमीलाई हृदयको अन्तिम गहिराई बाट धेरै माया गर्छु । माया लिनको लागि मात्र गरीदैनमाया समर्पण पनि हो । सरु तिमीले जुन मायालाई शंका गरिरहेकी छौत्यो मायालाई नै म सबै भन्दा धेरै विश्वास गर्छु । अनि तिमीलाई माया गर्न थाले देखि सारा सारा समपर्ण गरिरहेको छु । मायामा आफ्नो आत्मालाई जलाएर पनि मायालुको आत्मालाई खुसी बनाउन तयार हुन्छन् । तिम्रो खुसीमा सरु म जे अपनाउनु परे पनि जे छाड्नु परे पनि तयार छु । अलिकती भुसपोखरीमा छरेर माछालाई जालमा पारे जस्तै म मायाको बल्सी थापेर तिमीलाई कहिल्यै धोका दिने छैन । यसैमा ढुक्क हुन मैले आग्रह गरेको थिए । अनि तिमीले भनेकी थियौ माईला मैले त तपाईलाई सोधेका मात्र पो त त्यसो हुनै सक्दैनर नहोस पनि । तपाईको मायातपाईको बिश्वास कहिल्यै खेरो जादैन माईला भन्दै मलाई विश्वास दिलाउदै गर्दा तिम्रो आखाँ भरी आशु टलपलाई रहेको थियो ।
एकै छिनको मौनातापछि तिमीले प्रसङ्गलाई बदल्दै सोधेकी थियौ – माईला श्रीमान श्रीमती भनेको के हो? मैले तिम्रो प्रश्नको छोटे उत्तर दिएको थिए एक रथको दुई पांग्रा मेरो यो निजी भनाई भने अवश्य पनि थिएन । यसमा तिमीले असहमति जनाएकी थियौ । तिमीले भनेकी थियौ म त भन्छु श्रीमान श्रीमती भनेको एउटा शरिरको दुईटा खुट्टा हुन एउटा रथको कुनै एउटा पांग्रा बिग्रीएमा अर्को नयाँ पांग्रा ल्याएर दुरुस्त बनाउन सकिन्छ तर एउटा शरिरको कुनै एउटा खट्टा बिग्रिएमा सग्लो खुट्टा जोडेर पहिले जस्तो दुरुस्त बनाउन सकिदैन । त्यसरी नै श्रीमान श्रीमतीको पवित्र नातालाई यसरी ब्याख्या गर्न चाहान्छु भनेकी थियौ । हामीले जुन उदाहरण मान्दै आएका थियौ त्यो भन्दा अलग्ग र विशिष्ट परिभाषा लाई हाम्रो दिग्गज अग्रजहरूलाई नै सोध्न चाहान्छु । तिम्रो भनाईलाई मुल्यङ्कन गर्ने मेरो हैसियत रहेन । सरु त्यति बेला मैले तिमी संग बैचारीक हारको महसुस गरे । तर यो कुरा तिमील्ई मैले भनीन । सदा म मात्र बोल्थे तर त्यस दिन तिमीलाई धेरै बोल्न मन लागेको थिएछ । तिमीले फेरि अर्को प्रश्न गर्यौ माईला विबाहा गरेपछि तपाई मलाई कहाँ राख्नुहुन्छ? मैले यसको उत्तरमा भनेको थिए – म तिमीलाई त्यहाँ राख्ने छु जहाँ मैले अहिले सम्म कसैलाई राखेको छैन त्यो ठाउ हो मेरो छाति भित्र । होइन के लाट घर पो त शत्रुको अगाडि एउटा सानो भए पनि घर ठड्याएर देखाउनु पर्छ है माईला। अनि त्यहीं नै बस्नु पर्छ ल………… मैले पनि तिम्रो कुरालाई सहमति जनाएको थिए । त्यति बेला तिमी धेरै खुसी भएकी थियौ ।
सरु गफ गदै गर्दा मैले तिम्रो सलक्क परेका औलाहरू निक्कै लामो लामो आकर्षक नङहरूको फोटो खिचेको थिए । तिमीले मेरो छोटो छोटो कपाललाई प्रशंसा गर्दै भनेकी थियौ म त छोरा मान्छेको लामो कपाल मन पर्दैन र म छोरा मान्छेको सबभन्दा पहिला टाउको नै हेर्छु । तपाई छोरी मान्छेको सबभन्दा कहाँ हेर्नु हुन्छ भन्दै प्रश्न गरेकी थियौ मैले उत्तरमा भनेको थिएँ म छातीमा हेर्छु । तिमीलाई लाज लागेछ र अहिले गोदाई खानु होला है भन्दै रातो रातो भएकी थियौ । हामी यस्तै मिठो कुराकानीपछि गर्दा गर्दै पत्तै भएन बेलुकाको ५ बजेछ हामी घर तिर फर्क्यौं ।
आज तिमी कहाँ अनि म कहाँ र पनि त्यही गोदावरीको एक पलको प्रत्तिज्ञाले हामीलाई यति नजिक यति आत्मीयता र विश्वास दिलायो यति गहिरो माया र यति समर्पित प्रेम सृजना गराई दियो । सरु सबभन्दा बिश्वास त किन पनि लाग्छ भने नी हिजो मात्र नेटमा देखाएकी थियौ । मैले मनकामना बाट ल्याएर दिएको एउटा माला पनि आजसम्म माया गर्दै सुरक्षित राखेकी रहेछौ । सरु एउटा धागोको टुक्रालाई पनि तिमीले मलाई जस्तै माया गरी आज सम्म राखेकी रहेछौ खुसी छु . सरु मलाई पनि त्यसरी नै माया गरिराख। सरु आज म पनि प्रतिज्ञा गर्न चाहाछु सरु तिम्रो माया कहिल्यै खेरो जादैन । तिमी र मेरो बिचमा माया देखि अर्को कुनै कुरा आउने हुदैन है । सरु तिमी जहाँ छौ खुसी भएर बस अलिकति धैर्य गरी बस मेरो अटुट आस्थाले तिमी सम्म आई पुग्ने छु । एक दिन त्यो पनि छिट्टै……… ।
चकेन्द्र राई कैदी
