‘मुनामदन’ खण्डकाव्य महाकवि देवकोटाको लोकप्रिय कृति हो । यसको रचना वि.सं.१९९२ मा भएको थियो । यस खण्डकाव्य अद्यापि उतिकै प्रिय छ । नेपाली साहित्यमा सबभन्दा बढी बिक्री भएको पुस्तकको रूपमा यसले स्थान पाएको छ । यसमा सबैलाई छुने कविप्रतिभा मुनामदनमा अधिकतम प्रस्फुटित भएको पाइन्छ ।