मधुपर्क २०६६ कात्तिक

महाकविप्रति

  • by

मनमा राखेँ तनमा राखेँ शिरमा सजाएँ
सुरमा तिम्रो मिलाई लय बाँसुरी बजाएँ ।
उघारेँ आँखा मिलाई भाखा पाखामा नचाएँ
मृगका पाठा मयूर बुट्टे तिमीमै सजाएँ ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

त्यो पो उदायो भरे

  • by

घाँसै ला ! कतिले भनेर विचरा सारै गरेथे अरे
ठूलो मानव पो भएर जगमा त्यो पो उदायो भरे
साँचो मानव भन्दथे जगतमा बाँच्नै कठिन हुन्छ रे
हो त्यो पागल हो भनेर कतिले राँची पुर्‍याए अरे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म शून्यमा शून्यसरी बिलाएँ

  • by

भुली स्वयं सिर्जन सावधानी
गरेर आफैँप्रति बेइमानी
बतासिई स्वप्निल कल्पनामा
न लागि हे, संयम साधनामा
गरी सधैँ हड्बड गड्गडाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सपूत राष्ट्रको

  • by

छोरा हुनु तिमीजस्तो सपूत राष्ट्रको
तिम्रै नामले पनि उठ्छ शिर देशको
नेपालीका गहभरि छ तिम्रै तस्बिर आज
धन्य लक्ष्मी तिमीले राख्यौ जन्मेको लाज ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शीर्षकविनाको कविता

  • by

मध्य रातको नीरबखतामा पिल्पिलाउँदो मधुरो प्रकाशमा
सम्पूर्ण संसारमा आँखामा छाएको बेला मेरो आत्मामा प्रश्न उठ्छ-
“जीवनको सार के हो ?”
करुणामयका अश्रुकण जस्ता सहस्रौं ताराहरु टिल्पिल टिल्पिल गर्छन्ः
र मनले खालि चाल पाउँछ ः
जीवन ! ओ जीवन ! अफशोच ! तेरो चोला, तेरो बास छोटो छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महाकवि देवकोटा चित्रकला महोत्सव

  • by

विश्वका नामुद कलाकारहरूले व्यक्तिचित्र बनाएर ख्याति कमाएका छन् । यसक्रममा लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको व्यक्तिचित्र अहिलेसम्म पनि सर्वाधिक चर्चित रहेको छ । हाँसो र आँसुको सङ्गमको रूपमा रहेको उक्त चित्र पेरिसको लुभ्रमा छ । बर्सेनि लाखौँलाख कलापारखीहरू लुभ्र पुगेर मोनालिसा अवलोकन गर्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद

  • by

मान्छे होस् या प्राणी, मृत्यु कसैको पनि सुखद हुँदैन । हाम्रो हिन्दू संस्कारअनुसार पनि अग्रज वा आफन्तजन मृत्युको दिनलाई शोकको रूपमा लिइन्छ । मृत्यु र त्यसपछिको एक वर्ष चोखोनितो भई बरखी बारेर मृतदेह (मृतआत्मा होइन, किनकि हिन्दू धर्मग्रन्थहरूका अनुसार आत्मा मर्दैन)प्रति सम्मान प्रकट गर्ने गरिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल बाहिर देवकोटा

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चा नेपालमा साहित्यिक वृत्तका अतिरिक्त पत्रपत्रिमा, घर-घरमा, सभा-समारोहमा, प्रतियोगिताहरूमा, सामान्य ज्ञानका सन्दर्भमा, राजनीतिमा र पाठ्यक्रममा सबैतिर हुने गरेको छ । देवकोटाको स्थान नेपाल बाहिर के-कस्तो छ, उनलाई नेपाल बाहिरको मुलुकका पाठक, समालोचक र विज्ञहरूले कसरी र कति बुझेका छन्, यो सबैका लगि चासोको विषय बन्नसक्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देवकोटाको पहिलो कथा उनको मने र म

  • by

महाकवि देवकोटाले साहित्यका अरू विधामा भन्दा काव्य (कविता, खण्डकाव्य, महाकाव्य)मा सङ्ख्यात्मक रूपमा बढी योगदान गरेकाले काव्यमा नै उनको बढी चर्चा-परिचर्चा हुने गरेको पाइन्छ । उनको योगदान नाटक निबन्ध, आख्यान (कथा र उपन्यास) समालोचना, बालसाहित्य, लोकसाहित्य र अनुवादसाहित्यमा पनि भएको विदितै छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘स्मृति’को सानो रेखी हाल्दा

  • by

सुरुमा प्रसङ्ग अँगाल्दा महाकवि स्वर्गीय लक्ष्मीप्रसाद देवकोटाको ‘शतवाषिर्की’ विशेषाङ्कका रूपमा २०६६ साल कात्तिक महिनाको ‘मधुपर्क’ अङ्क प्रकाशित हुने भएबाट अहिले खुसी र दायित्व दुवै एकैसाथ थपिन आएको ठान्छु, ममाथि । साथै मधुपर्क परिवारको यो अत्यन्त प्रशंसनीय कार्य-योजना भएकाले ‘धन्य’ भन्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण

  • by

लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको सय वर्ष पुगेछ र मृत्यु भएको पचास वर्ष । यी पचास वर्षमा देवकोटा पुरानो हुनुको साटो झन्झन् ताजा र नयाँ बनेका छन् सबैथरी विचार राख्नेहरूले उनका रचनाहरूको गम्भीरपूर्वक अध्ययन-चिन्तन गर्न थालेको पाइन्छ । इतिहासलाई ठीकठीक ढङ्गले मूल्याङ्कन गरे मात्र त्यसको महìव र मूल्यलाई सुरक्षित राख्न सकिन्छ । देवकोटालगायत आˆनो समयमा साहित्यकलामार्फत चेतना जगाउने स्रष्टाहरूको वैज्ञानिक अध्ययन हुनु आवश्यक छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘वनकुसुम’ महाकाव्यमा प्रकृति प्रयोग

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) प्रकृतिका कवि हुन् । यिनका प्रायः कविता-काव्यहरूमा प्रकृतिको महिमा गाइएको छ । सुन्दरीजल, सन्ध्या, झञ्झाप्रति, रानीवनमा, ज्वरशमना प्रकृति आदि कविताहरू प्रकृतिकै महत्व दर्शाउने गरी प्रस्तुत भएका छन् । कुञ्जिनी, म्हेन्दु, लूनी आदि खण्डकाव्य र शाकुन्तल, वनकुसुम आदि महाकाव्यहरूमा कविले विभिन्न कोणबाट प्रकृतिको महिमागान गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा

  • by

‘मुनामदन’ खण्डकाव्य महाकवि देवकोटाको लोकप्रिय कृति हो । यसको रचना वि.सं.१९९२ मा भएको थियो । यस खण्डकाव्य अद्यापि उतिकै प्रिय छ । नेपाली साहित्यमा सबभन्दा बढी बिक्री भएको पुस्तकको रूपमा यसले स्थान पाएको छ । यसमा सबैलाई छुने कविप्रतिभा मुनामदनमा अधिकतम प्रस्फुटित भएको पाइन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महाकविः अमेरिका र वेद मेहता

  • by

सन् २००२ को कुनै महिना वाशिङ्गटन डी.सी.को जर्ज टाउनमा अवस्थित वर्निस एण्ड नोवल पुस्तक गृहमा भारतीय अमेरिकी लेखक वेद मेहतासँग भेट गर्ने अवसर जुरेको थियो । उनको नव प्रकाशित पुस्तकको बजारका लागि पुस्तकाश पढ्ने सिलसिलामा । कार्यक्रम सकिएपछि मैले उनीसँग कुरा पनि गर्ने अवसर पाएँ । मैले आफ्नो नाम बताएर म नेपाली हुँ भन्ने बित्तिकै उनले मेरो हात समातेर भने- ‘मैले नेपालको महाकवि देवकोटालाई भेटेको छु । उनको बारे पुस्तकमा लेखेको पनि छु । ‘

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कालजयी खण्डकाव्यः मुनामदन

  • by

नेपाली काव्य साहित्यमा स्वच्छन्दतावादी भावधारालाई प्रवेश गराउने महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) को ‘मुनामदन’ खण्डकाव्यलाई सबैभन्दा बढी मन पराइएको कृतिको रूपमा लिने गरिन्छ । उनका ‘लुनी’, कुञ्जिनी, ‘म्हेन्दु’ आदि अन्य खण्डकाव्यहरू पनि उत्कृष्ट र पठनीय छन् तर पनि यी खण्डकाव्यहरूका तुलनामा नेपाली समसामयिक समाजको समग्र पक्षको स्वच्छ चित्रण एवं देश, काल र वातावरण सम्बद्ध यथार्थको प्रकटीकरण जति र जुन मात्रामा ‘मुनामदन’ मा पाइन्छ, त्यति उनका अन्य खण्डकाव्यमा पाउन सकिँदैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

घरका महाकवि परका विश्वकवि देवकोटा

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटा भगवान् बुद्धपछिका महान् चिन्तक हुन् । उनको प्रतिभा र कल्पनाको उच्च मूल्याङ्कन गर्दैै नेपालीहरूले महाकविको रूपमा स्थापित गरेका छन् भने विदेशी विद्वान्हरूले विश्वकविका रूपमा स्वीकारेका छन् । यिनै सन्दर्भहरूलाई यस टिपोटभित्र अटाउने प्रयत्न भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा

  • by

ऊर्दूका महाकवि गालिबले लेखेका छन् ,
थी खबर गर्म, कि गालिब के उडेंगे पुर्जे
देखने हम भी गए थे , प तमाशा न हुआ ।
यस्तै तमाशा हेरे नेपालीले देवकोटाकालीन नेपालमा । देवकोटा अघिल्लो शदीका यस्तै एक मिथक बने । उनको जीवन, जगत् र कृतिले नेपाल र नेपालीलाई अत्यधिक प्रभाव पारेको छ । उनले कविता गीत, निबन्ध सारा विधामा आफ्नो उपस्थितिलाई सदैव तज्जन्य आकर्षण दिए । उनी सर्वत्र, सदैव एक सरल प्राणीका रूपमा देखिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देवकोटाको अङ्ग्रेजी कक्षा

  • by

आजभन्दा छयालीस वर्ष जति पुरानो सम्झना हो यो । वि. सं. २०१२ आश्विन ८,२३, २७ र कात्तिक १७ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्रिचन्द्र कलेजमा बी.ए. तृतीय वर्षको कक्षामा अङ्ग्रेजी साहित्यका क्लासिसिज्म र रोमान्टिसिज्म विषय र तत् विषय धाराका कविता बारेमा पढाउनुभएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •