Skip to content

प्रा. गोपीकृष्ण शर्मा

GopiKrishnaSharma

सुबिसुधाको ‘रहस्यमय भोगाइ’का सम्बन्धमा

  • by

‘अग्नियुद्ध’ कथासङ्ग्रहको अन्तक्रिया हुँदै थियो । मेरा स्नेही बन्धु केशव आचार्यले घरमा आएर उक्त कार्यक्रममा सामेल हुन आग्रह गरे । वि.सं. २०६३ साल फाल्गुन १८ गते शुक्रवारका दिन उक्त कृतिको अन्तक्रियाको कार्यक्रम पुल्चोक, स्थानीय विकास मन्त्रालयको सभाकक्षमा रहेछ । सुबिसुधा आचार्यले लेखेकी ‘अग्नियुद्ध’ कथासङ्ग्रहबारे मैले पनि बोल्नुपर्ने भयो । हामी कार्यक्रममा भेला भयौं । उक्त कथासङ्ग्रहबारे कथाकार माया ठकुरीबाट समीक्षात्मक टिप्पणी भएको थियो । मैले पनि उक्त कृतिका सकारात्मक पक्षहरूको चर्चा गरें र प्रस्तुतिमा थप सुधारका लागि सल्लाह दिएँ । यसरी सुबिसुधा आचार्य र उनका रचनासँग प्रथम परिचित हुने मौका पाएको हुँ ।

सुबिसुधाको जन्म केवलपुर–५, धादिङमा भएको हो । पाल्पा, पिपलडाँडा गाविसका समाजसेवी तथा लेखक केशव आचार्यसँग विवाहित भएपछि उनी सुबिसुधा आचार्य भएकी हुन् र यही नामबाट उनका कृतिहरू प्रकाशित हुँदै गरेका छन् । सुबिसुधा आचार्य साहित्यका विविध विधामा कलम चलाउने साहित्यिक प्रतिभा हुन्् ।

‘वनकुसुम’ महाकाव्यमा प्रकृति प्रयोग

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) प्रकृतिका कवि हुन् । यिनका प्रायः कविता-काव्यहरूमा प्रकृतिको महिमा गाइएको छ । सुन्दरीजल, सन्ध्या, झञ्झाप्रति, रानीवनमा, ज्वरशमना प्रकृति आदि कविताहरू प्रकृतिकै महत्व दर्शाउने गरी प्रस्तुत भएका छन् । कुञ्जिनी, म्हेन्दु, लूनी आदि खण्डकाव्य र शाकुन्तल, वनकुसुम आदि महाकाव्यहरूमा कविले विभिन्न कोणबाट प्रकृतिको महिमागान गरेका छन् ।