Skip to content

प्रा.डा. श्रीरामप्रसाद उपाध्याय

विश्वकी उत्कृष्ट वीराङ्गना जोन अफ आर्क

  • by

नेपालको इतिहासको मध्यकालमा फ्रान्समा १४१२ मा जोन अफ आर्क नामको विश्वकी उत्कृष्ट वीराङ्गनाको जन्म भएको थियो । त्यसबखत नेपालमा यक्ष मल्लका पिता ज्योतिर्मल्लले राज्य गरिरहेका थिए । त्यसबखतसम्म नेपालको फ्रान्ससँग कुनै पनि किसिमको सम्पर्क तथा सम्बन्ध थिएन । १६२८ मा मात्र काब्राल नामका इसाई पादरीले नेपालमा पाइला टेकेका थिए । यो कुरा जोन अफ आर्क जन्मेको २१६ वर्ष पछिको कुरा हो ।