Skip to content

युवामञ्च २०६६ कात्तिक

नरिवलको महिमा

संस्कृत भाषामा लाड्ली, दृढफल आदि नामले पनि चिनिने नरिवललाई अङ्ग्रेजी भाषामा कोकोनट भनिन्छ । खजुली वंशको वनस्पतिमा पर्ने नरिवलको वैज्ञानिक नाम कोकस न्युसिफेरा हो ।

हाई ! हाई !! अङ्ग्रेजी

  • by

६०-६५ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले अङ्ग्रेजी भाषाको चर्को मागका विषयमा एउटा टिप्पणी गरेका थिए- ‘अङ्ग्रेजी पढ्नेलाई कुलिनका छोरी छन्, बाबुसाहेबका घरमा मेच, स्कुलमा छडी, कलेजमा गाडी, व्यापारका केन्द्रमा पैसा, परराष्ट्र अफिसमा इज्जत, भाषानुवादमा बोलावट, रोटीमा नौनी, विदेशमा रवाफ, स्वदेशमा धाक, साथीभाइमा नाक, घण्टामा पचास र संसारमा सुवास, हाइ अङ्ग्रेजी !

तिहार पर्व र यसको विशेषता

  • by

दसैँको लगत्तैपछि आउने तिहार पर्व नेपालीहरूको दोस्रो ठूलो चाड हो । हरेकवर्ष कात्तिककृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म मनाइने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ ।

सूर्य उपासनाको पर्व छठ

  • by

तराईमा मनाइने चाड पर्वमध्ये छठ एक महान् पर्व हो मुख्य रूपमा पारिवारिक सुख समृद्धि र शान्तिको कामना गरी मनाइने छठमा श्रद्धालुहरू सूर्य देवतासँग प्रार्थना गर्दछन् । यसका अतिरिक्त आफ्नो दुःख, कष्ट र रोग व्याधिको नाश होस् भन्ने कामनाका साथ पनि यो पर्व मनाइन्छ । सक्नेले व्रतमा बस्ने, नसक्नेले फलफूल व्रतालुलाई दिएर सूर्यको आराधना गरिन्छ ।

मिथिलाको महावर्व

  • by

मैथिली संस्कृतिमा मनाइने हरेक चाड पर्वमध्ये कार्तिक शुक्ल षष्ठीमा मनाइने छठ पर्वको आफ्नै विशेषता र महत्वका कारण महापर्व भनेर चिन्ने गरिन्छ । यस पर्वलाई हिन्दूहरूको चाड भनिए पनि हरेक धर्मावलम्बी जातजातिहरूको उतिकै सहभागिता देखिने गरिन्छ ।

विश्वकी उत्कृष्ट वीराङ्गना जोन अफ आर्क

  • by

नेपालको इतिहासको मध्यकालमा फ्रान्समा १४१२ मा जोन अफ आर्क नामको विश्वकी उत्कृष्ट वीराङ्गनाको जन्म भएको थियो । त्यसबखत नेपालमा यक्ष मल्लका पिता ज्योतिर्मल्लले राज्य गरिरहेका थिए । त्यसबखतसम्म नेपालको फ्रान्ससँग कुनै पनि किसिमको सम्पर्क तथा सम्बन्ध थिएन । १६२८ मा मात्र काब्राल नामका इसाई पादरीले नेपालमा पाइला टेकेका थिए । यो कुरा जोन अफ आर्क जन्मेको २१६ वर्ष पछिको कुरा हो ।