काशीः एक प्रभाव
शब्द, अर्थ र कलमलाई लिएर खेल्नेको संसारमा अभिधा, लक्षणा र व्यञ्जना गरी शब्दका तीन शक्ति शब्द-शक्तिका रूपमा परिचित रहेका छन् । रड्ढ र कुची लिएर खेल्नेमुकेश श्रेष्ठको “काशी ः एक प्रभाव” शीर्षकको प्रकाशित चित्रप्रदर्शनी शब्दमा उल्लेख गर्नुपर्दा अभिव्यक्तिका यिनै शक्तिमध्ये लक्षणा तथा व्यञ्जना शक्तिका रूपमा रहेको छ । मुकेशका चित्रभित्र चित्र अवयवका कतिपय बिम्ब अप्रत्यक्ष रूपमा आएका छन् र चित्रसिद्धान्तका प्रयोग अप्रत्यक्षकै सीमामा प्रयुक्त रहेका छन् ।
