Skip to content

नूतन थपलिया

समाज सुधारक मंगलमान

  • by

आक्कल-झुक्कल राजनीतिक घटनाक्रममा सामेल भएर फेर िआफ्नै व्यक्तिगत जीवनमा फर्किएकाहरूको सधैँ एउटै गुनासो सुनिन्छ, ‘मलाई पार्टीले हेरेन, केही गर्दै गरेन ।’ त्यो जायज होइन । किनभने, राजनीतिमै जीवनका अमूल्य समय बिताएका र अहिले एक किसिमको अवकाशप्राप्त जीवन बिताइरहेकाहरूको अवस्था भिन्न छ ।

आन्दोलनमा प्रजा पञ्चायत

  • by

श्री ३ को दर्शन गर्यो भने तीन पाप पखालिने र श्री ५ को दर्शन गर्यो भने पाँच पापबाट मुक्ति पाइने भन्ने जमाना थियो त्यो । त्यसबेला राणाहरू र उनीहरूको शासनविरुद्ध बोल्न ठूलै आँट चाहिन्थ्यो । तर, विचित्र के थियो भने पढेलेखेका र समाजमा केही नाम भएकाहरू सबै राणाविरोधी थिए । कुनै निश्चित दर्शन र उद्देश्यले अभिप्रेरति नभए पनि राणा शासन खत्तम गर्ने हो भने अवश्य पनि राम्रो व्यवस्था आउँछ भन्ने विश्वास उनीहरूमा थियो ।