Skip to content

पूर्ण ताम्राकार

लिपिको उत्पत्ति र विकास

  • by

मानव जीवनसित नङ र मासुजस्तो अभिन्न सम्बन्ध भएको एउटा पक्ष लिपि हो । लिपिको माध्यमबाट नै मानव-मानवबीचमा आफ्नो भाव, अनुभूति संप्रेषण हुन्छ । यसबाट मानव सभ्यताको विकास हुन्छ । वास्तवमा लिपिको उत्पत्ति र विकासबाट नै मानव सभ्यताको इतिहास आजको युगसम्म पुग्न सकेको हो ।