रोल्पा र रुकुमका सम्पदाहरू
कुनै पनि देशको कुनै पनि समयको कला, वास्तुकलाले त्यस देशको तत्कालीन सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, राजनीतिक एवं वैदेशिक सम्बन्धका बारेमा समेत जानकारी दिने काम गरेको हुन्छ । कलाले मानव सभ्यताको उचाइलाई नाप्ने काम गर्दछ । जुन समयमा कलाको राम्रो विकास भएको हुन्छ, त्यस समयमा देश हरेक दृष्टिले सम्पन्न थियो भन्ने कुरा बुझ्न सकिन्छ ।
