Skip to content

कुन्द दीक्षित

अम्बर गुरुङको आँसु

  • by

७३ वर्षको उमेर पुग्नलागेका बेला आफ्नो देशको हालत देखेर नौ लाख तारा गाउने अम्बर गुरुङका आँखा रसाउँछन्। अतीतको त्यो गीतले एउटा पूरै पुस्तालाई म नेपाली हुँ भनेर चिनायो। त्यो गीत सुन्दा अहिले पनि देशप्रेमको भावनाले हामीलाई गर्व हुन्छ; तर देशको गति, शासकहरूको कुशासन र बेवास्ताले गर्दा पीडाबोध पनि हुन्छ।