Skip to content

बिश्वोराज न्यौपाने

मृत्‍युपत्र

दुई थोपा आँशु झारेर के भो?
तिमी सँग मैले हारेर के भो?

भोली त अवस्य मर्नु छदैछ,
आजै तिमीले मारेर के भो?

पाप र धर्म जान्दिनौ भने,
आँगनमा तुलसी सारेर के भो?

अब त यो लोक परलोक हुँदैछ,

बरु काली भन कृपया मलाई जाली नभन

बरु काली भन कृपया मलाई जाली नभन,
म त तिम्रै घरवाली हुँ,मलाई साली नभन।

सम्मोहनका मधुमासमा मदहोस सुवासिनी,
म त हजुरकै फुलबारी हुँ,मलाई माली नभन।।

तैपनि सय प्रतिशतमा, तिम्रो माया जिरो भएछ

मह जस्तो गुलियो माया तिमीलाई अमिलो पिरो भएछ,
सम्झनाका अमुल्य उपहारहरू, बर्षाको बेस्वादे बिमिरो भएछ।

समय सँग चल्न जानिन कोही कसैलाई छल्न जानिन,
त्यसैले मायाका ब्यापारीहरू, तिम्रो दिलको हिरो भएछ।

उमा सिंहको बस्तीबाट,

झुन्याउनु छ कसैलाई, डोरी बाटे हुन्छ
उमा सिंहको अस्तु कसम, सक्छौ आँटे हुन्छ!

मसी बोक्ने कलम पनि, आगो ओकल्छ
मास्नु परे अत्याचार, सबै ताते हुन्छ!!

कस्तो पत्र लेख्यौ प्रिय

कस्तो पत्र लेख्यौ प्रिय, आँखा थाले रसाउन
न त सकें’ सँगै बस्न, न त सकें कमाउन!

बाबा भन्दै “सानी” छोरी, कत्ति रहर गर्दी होली
चिं मुसी खेल्न अनि, हातका औंला समाउन!!

बुढा सुब्बाका बाँसहरूमा तिम्रै नाम खोप्न पाऊँ

बिपनाका खेतबारीमा, मनको माया रोप्न पाऊँ,
बुढा सुब्बाका बाँसहरूमा तिम्रै नाम खोप्न पाऊँ।।

सात समुद्रपारिबाट, फर्किएर अर्को बर्ष,
तिमीलाई नै नवशृंगारमा, पछ्यौरीले छोप्न पाऊँ।।