सम्पन्न परिवारका विद्रोही कवि : उषा शेरचन
विश्वभरका अधिकांश साहित्य कि त माया, प्रेम, पीडा र सुख जस्ता मानवीय संवेदनाबारे लेखिएका छन् या उत्पीडनमा परेका मानिसले लडेका सङ्घर्ष र मुक्तिका कथा उन्दै लेखिएका छन् । यस अर्थमा साहित्य लेखनमा लाग्ने पनि दुई वर्गमा विभाजित छन् । त्यसो त कुनै विषयबारे प्रत्यक्षसम्बन्धित नभई त्यसबारे गहिराइमा गएर लेख्न सक्दैनन् भन्ने मान्यता पनि साहित्यमा प्रशस्तै पाइन्छ ।
