युवामञ्च २०६७ माघ
माघी र यसको महत्व
पश्चिमका थारू जातिको सबैभन्दा महान् चाड र नयाँ वर्षको रूपमा मनाइने यस पर्वले थारूको बीचमा आपसी मेलमिलाप, समन्वय तथा सौह्रार्दपूर्ण वातावरणको सिर्जना गर्ने गर्दछ । थारू यस पर्वमा आफ्ना मान्यजन तथा पुर्खाको हातबाट शुभआशीर्वाद थाप्ने, आपसी मेलमिलाप गर्ने गर्दछन्, नातागोता कुटुम्बका बीच भेटघाट हुने सुअवसर प्रदान गर्ने, आपसी सम्बन्धमा सुधार आउने, चेलीबेटीलाई दानदक्षिणा दिने चलन भएकोले यस चाडको महत्त्व यस समाजमा अझै बढेको मान्न सकिन्छ ।
सम्पन्न परिवारका विद्रोही कवि : उषा शेरचन
विश्वभरका अधिकांश साहित्य कि त माया, प्रेम, पीडा र सुख जस्ता मानवीय संवेदनाबारे लेखिएका छन् या उत्पीडनमा परेका मानिसले लडेका सङ्घर्ष र मुक्तिका कथा उन्दै लेखिएका छन् । यस अर्थमा साहित्य लेखनमा लाग्ने पनि दुई वर्गमा विभाजित छन् । त्यसो त कुनै विषयबारे प्रत्यक्षसम्बन्धित नभई त्यसबारे गहिराइमा गएर लेख्न सक्दैनन् भन्ने मान्यता पनि साहित्यमा प्रशस्तै पाइन्छ ।
बाल्यावस्था एक आध्यात्मिक दर्शन
माघशरीर विज्ञानको अध्ययनबाट पनि बुझ्न सकिने आफूभित्र रहेको शारीरिक अङ्ग र त्यसको सञ्चालन प्रक्रिया सँगसँगै हामीमा भौतिक तथा अभौतिक रूपमा प्राणको स्थापन र निरन्तरता भै रहेको हुन्छ । अभौतिक र अमूर्त अवस्थाको प्राणशक्तिको स्थापनाको स्वरूपस्थल अथवा बीज स्वरूपको वृक्ष स्वरूप अवस्थाको रूपमा हामीले प्राण र शरीर भनेर सामान्य अवस्थामा सम्झन सकिन्छ ।
माछाहरूको संसार कति बिचित्र
नदी नाला, ताल तलैया र महासागरमा पाइने माछा विभिन्न आकार र प्रकारका साथै रङमा पाइन्छ भने मानिस माछालाई सौखका रूपमा एक्युरियममा समेत पाल्ने गरिन्छ । माछा ज्यादै नुनिलो पानीमा बस्न सक्दैनन्, त्यसैले मृतसागरमा माछा पाइँदैन । केही प्रजातिका माछा न्यानो ठाउँमा बस्न रुचाउँछन् भने केही प्रजातिका माछा चिसो उत्तरीय ध्रुवका समुद्रमा बस्न रुचाउँछन् । माछा २६ हजार फिटभन्दा पनि गहिरो ठाउँमा समेत सजिलै बाँच्न सक्छन् ।
माछाले आफ्नो शरीरको तापक्रम वातावरणसँग सुहाउँदो बनाउन सक्छन्, माछाले फुल्का (Gils) द्वारा सास फेर्छन् । माछा र पृथ्वीबीचको सम्बन्ध ४ अर्ब ५० लाख वर्षभन्दा पुरानो मानिन्छ । वैज्ञानिकहरूले हालसम्म २२ हजार भन्दा बढी प्रजातिका माछा पत्ता लगाइसकेका छन् र हरेक वर्ष नयाँनयाँ प्रजातिका माछा पत्ता लाग्ने क्रम जारी छ । यस्तै संसारमा भएका अनौठो माछाको बारेमा केही जानकारी लिने हैन त ?
१. प्रकाशपुञ्ज बोकेर हिँड्ने माछा
हिन्द महासागरमा पाइने एकप्रकारको एनोमालेप्स क्याटोप्ट्रन नामक माछाको आँखाको तलपट्टि एक प्रकारका प्रकाश लिएर डिँड्छ । समुद्रको अँध्यारो गहिराइमा सो प्रकाशबाट आफ्नो मार्गलाई सजिलै पत्ता लगाउन सक्दछ तर त्यो प्रकाश दिने प्रकाशपुञ्ज पनि कुनै निर्जीव साधन नभई विभिन्न प्राकृतिक कारणवश यसको ठीक आँखामुनि झुण्ड बनाएर बस्ने र माछासँगै टाँसिएर यात्रा गर्ने प्रकाशमान जीवणुको ठूलो समूहमध्ये एक सानो झुण्ड हो ।