Skip to content

पारिजात

विकल्पहीन

यहीं कतै शहरकै छेउछाउमा भए पनि यस यात्रालाई कठिनतम यात्रा मान्नुपर्छ। यस यात्राको यात्री हो लक्ष्मीपरे डल्ली, जात भैगो जात नभनौं जातले उसलाई केही दिएन। यस विकराल यात्रामा ऊ एक्ली छैन, उसँग एउटी टुकुटुकु हिंड्ने र एउटी काखे छोरी जम्मा तीन यात्री। कुनै कल्पनाशील व्यक्तिले कल्पना गरून् एकसय विघा जमीनमा योजनाबद्ध लगाइएका रंगीबिरंगी गुलाफका खेती र त्यसको सुगन्ध। मन्द गति सवारीमा बसी गुलाफ फूल्ने सिजनमा उसले त्यस खेतीको यात्रा शुरू गरोस्। अघि पछि, अगाल बगाल सुन्दरता, रंग र सुगन्ध।

Parijat

यसरी एउटा नाउँ काटिन्छ

सनक्याप र कालो चस्मा लगाएको इञ्जिनीयर ढलानको फरमामाथि उभिएर कराइरहेको छ, “भारतीय ठेकेदारको विश्वास नगर्नुस् है, ज्यामी भोजको ठेक्का कसलाई दिनुभयो?”

घरपति तलबाट मास्तिर हेरेर हाँस्दै भन्छ, “त्यति बुद्धि त मेरा पनि छ नि हौ, भोजको ठेक्का नेपाली नाइकेलाई दिएको छ। ”

“कतिदिनुभो?” इञ्जिनीयर सोध्छ।

आन्दोलन

  • by

चुँडालेर बन्धनबाट
आँप, बेल र पीपलको पातहरूका
एउटी विवश बेहुलीको चाहना जस्तो
उम्कन नसक्ने होइन मुक्ति
पर्यावरण नमिलेको माटोमा
फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति
ज्यूँदो मान्छेको मुटु ज्यूँदो मान्छेले
हत्केलामा यसै निचोर्न सक्तैन
एउटाले अर्कोलाई मार्नैपर्छ
यसो गर्नलाई
तथापि होस् गर्नु त्यो मुटु मृतकको मुटु हुनेछ ।

जुनी काट्नु – एउटा बाजी

  • by

धमिरा लागेको धरतीमाथि उभिएर
माटोको माया ?
एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति
म कसरी व्यक्त गरुँ ?
मैले जमिन नखोजेको विरोध
मैले परिभाषा लाउन नखोजेको आमाको माया
जब रमाइलो दिन र रंगीन भ्रमहरुको
जुवा फुकेको थियो
शायद म अनुपस्थित थिएँ
आफ्नै स्थितिहरुमा
आफ्नै समयहरुमा
कि मैले हारमाथि हार खाएको हुनुपर्छ
म बाजी मार्न बिर्सन्छु
म बाजीलाई अर्थ दिन बिर्सन्छु
मान्यता दिन बिर्सन्छु
मलाई नसोधे हुन्छ
जुनी काट्नु कुनै गाह्रो काम होइन
अप्ठ्यारो इतिहास होइन ।