ग्रहण
दया र माया दुई दिदी-बहिनीको मेलमिलाप देखेर टोलवासीहरू छक्क पर्थे तर घरभित्रका घटनाहरूबारे भने तिनीहरू अनभिज्ञ नै थिए । घरमा भाइहरूको भन्दा पनि उनीहरूको नै हैकम चलेको देखिन्छ । आमाबाबुबिहीन घरमा सासुससुराको भूमिका पनि तिनै दिदीबहिनीले निभाइरहेका टोलवासीहरूले मूल्याङ्कन गरे तर सामाजिक मानमर्यादालाई बिर्सेर भाइबुहारी माथि अत्याचार लादिएको यथार्थ घरको पर्खाल चिरेर बाहिर निस्केन । अत्याचारको सीमा नाघेपछि जेठो भाइ-बुहारी घरबाट बाहिरिए ।
