Skip to content


दया र माया दुई दिदी-बहिनीको मेलमिलाप देखेर टोलवासीहरू छक्क पर्थे तर घरभित्रका घटनाहरूबारे भने तिनीहरू अनभिज्ञ नै थिए । घरमा भाइहरूको भन्दा पनि उनीहरूको नै हैकम चलेको देखिन्छ । आमाबाबुबिहीन घरमा सासुससुराको भूमिका पनि तिनै दिदीबहिनीले निभाइरहेका टोलवासीहरूले मूल्याङ्कन गरे तर सामाजिक मानमर्यादालाई बिर्सेर भाइबुहारी माथि अत्याचार लादिएको यथार्थ घरको पर्खाल चिरेर बाहिर निस्केन । अत्याचारको सीमा नाघेपछि जेठो भाइ-बुहारी घरबाट बाहिरिए ।

समयले फड्को मारेको पनि दुई वर्ष बितिसकेछ । कान्छो भाइको बिहेको चाँजोपाँजो मिल्न थाल्यो । बिहेको रौनक सेलाउन नपाउँदै उही शृङ्खला दोहोरिएकोले सानो भाइ-बुहारी पनि घरबाट बाहिरिए ।

अब भने भाइ-बुहारी बिनाको घर मसानघाटजस्तै देखियो । घरमा असमझदारीको सीमा बढ्दै गएपछि दुई दिदीबहिनीको मेलमिलापमा पनि तुषारापात हुँदै गयो । यसरी घरमा लागेको ग्रहण मेटाउन बाहिरिएका दुवै भाइबुहारीलाई मनाई घर फर्काउने अन्तिम निर्णयमा दुई दिदीबहिनी पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *