‘स्मृतिको पर्खालभित्र’ चियाएर हेर्दा
काठमाडौँको ओमबहालमा वि.सं. १९८२ साल असार १० गते मङ्गलबारका दिन जन्मेका विजय मल्ल आधुनिक नेपाली साहित्यको श्रीगणेश गर्नमा धुरी बनेर खडा भएको शारदा पत्रिकाका संस्थापक सम्पादक ऋद्धिबहादुर मल्लका कान्छा छोरा हुन् । बाल्यकालदेखि नै नेपाली साहित्यका त्रिमूर्ति लेखनाथ, सम र देवकोटाको साहित्यिक हावा लागेका मल्ल दाजुभाइको नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण योगदान छ तापनि साहित्यका सबै विधामा समानुपातिकरूपले सशक्त र सिद्धहस्त कलम चलाउने विजय मल्ल रङ्गमञ्चका कुशल ज्ञाता र बहुमुखी प्रतिभाका धनी थिए ।
