Skip to content

रत्न काफ्ले

भ्रष्टाचार, भ्रष्टाचारी, श्राप र सुभकामना !

भ्रष्टाचार शब्द “भ्रष्ट” र “आचार” दुई शब्द मिलेर बनेको छ । यी दुई शब्द मध्ये पहिलो शब्द “भ्रष्ट”मा शक्ति केन्द्रित हुनाले त्यसमा जोडिएर आएको “आचार” शब्दलाई उसै “भ्रष्ट” शब्दले आफ्नो गुरुत्वबलमा पारेको देखिन्छ । होइन भने “भ्रष्ट” र “आचार” शब्दलाई अलग अलग बुझ्दा यसले दिने अर्थ बिल्कुल भिन्न हुन आउँछ र मूलत “भ्रष्ट” शब्द अरु बढी ब्यापक बन्न जान्छ । “भ्रष्ट”ले बाटो बिराएको र समाजले बर्जित गरेको काम गर्ने भन्ने जनाउँछ भने “आचार”ले व्यक्तिको आचरण भन्ने बुझाउँछ । तथापि त्यो आचरण भ्रष्ट व्यक्तिको होस् या सदाचारीको, यसमा कुनै भिन्नता हुँदैन । यसर्थ, भ्रष्ट व्यक्ति तपाईं, हामी जो कोहि पनि हुन सक्छौं किनकि बाटो बिराउने जति सबैलाई भ्रष्ट्राचारी नै भन्ने गरिन्छ । नेपालको परिप्रेक्ष्यमा भने भ्रष्ट्राचारी उनैलाई मात्र मानिन्छ जस्ले सार्वजनिक पद धारणगरि पदीय दुरुपयोग द्वारा अर्थोपार्जन गर्दै आएका छन् । यस्मा लिने र दिने दुबै पक्ष्यलाई भ्रष्टाचारी मान्नुपर्ने हुन्छ । भनिन्छ – “ लाउकेले लाउ दिएर नै नाठो पल्कने हो ” । तर हामीकहाँ लाउके भन्दा नाठो नै शक्तिशाली बन्दै आएको देखिन्छ । लाउकेले लाउ दिनै पर्दैन, नाठोले नै जबर्जस्ती लाउ दिन बाध्य पार्छ र खुलेआम लाउकेलाई लुट्छ । दुबै आ-आफ्ना धर्ममा हिंड्दैनन् र पथभ्रष्ट भैदिन्छन् जस्का कारण भ्रष्टाचारले झाँगिने मौका पाउँछ । नाठाहरू खुलेआम भन्छन् – “मैले उस्लाई लुटिन भने अरुले नै लुट्छ । यसै उसै ऊ त लुटिनु नै छ । यसैले अरुले लुट्ने साटो मैले नै किन नलुट्ने ?” नाठाहरूको चित्तमा यही भावनाले जरो गाडेको हुँदा थोरै यसको भनक लाउकेले पनि पाएकै हुन्छ र ऊ धेरै थोरै लुटाउन तयारै हुन्छ । यहाँ, लाउकेका रुपमा नेपाली जनता, संघ संस्था तथा सरकारी निकायबाट काम लिनुपर्ने जति सबै समुदाय र नाठोका रुपमा सरकारी कर्मचारीलाई उभ्याएर हेर्दा माथी भनिएको कुरा ठीकै हो कि जस्तो पनि देखिन आउँछ ।

उनको बिवशता !

  • by

चलेकै छ संसार ऋत, बलेका छन् कैयौं प्रित ।
बिना चाहट जानुपर्ने, आफ्नो छाडी दोश्रोसित ।।

आज मैले धेरै पिएँ, उनकै यादमा रात काट्दै ।
कैयौं रात यसै जिएँ, आफैसँग दुख साट्दै ।।

बल्जिएको घाउ जस्तै, बर्तमानमा झनै दुख्ने ।
उनको याद बढी दिंदा, डर लाग्छ मुटु फुट्ने ।।

RatnaKafley

बचनले बनाएका घाउहरू

  • by

मान्छेहरू आवेशमा मनपरि बोल्ने गर्छन् । आफूले अरुका लागि के बोलियो भन्ने कुराको समेत ख्याल राख्दैनन् । आफूद्वारा बोलिएको कुनैपनि शब्दले दोश्रो व्यक्तिलाई जीवनभरको पीडा दिन सक्छ र उक्त पीडा सधैंभर रहिरहन्छ । कसैलाई पिट्नु, शरिरमा चोट पुर्याउनु या अंग भंग गर्नु बचनको प्रहार भन्दा सामान्य हुन्छ । किनकि यसको सीमा निश्चित हुन्छ । देह नै यसको सीमा भएकाले यसमा लागेको चोट औषधीमूलो पश्चात समाप्त हुन्छ परन्तु अरुलाई भनिएका कटु बचनहरूले हृदयको गहिराईसम्म नै प्रहार गर्छन् तथा यसले बनाउने घाउ जीवनको अन्तिम घडीतक निको हुँदैन । यसैले भन्ने गरिन्छ “वचनको घाउ कहिल्यै निको हुँदैन । “यो कुरा सत्य प्रतित लाग्छ । एक पटक मेरी आमा सामान्य दुर्घटनामा पर्नु भो । खुट्टामा चोट लाग्यो र खुट्टा फुलिएर आयो । केही दिनको उपचार पश्चात खुट्टाको पीडा कम पनि हुँदै गयो । म सानै थिएँ । गाउँमा खेल्न जाँदा छिमेकी घरमा आमाको अवस्था बारेमा भनेछु । मेरा कुरा सुनेपश्चात छिमेकी नातेदार एउटी आमाले “खुट्टै भाँचिनु पर्ने “भनिन् । घरमा फर्कें र रुँदै सो कुरा आमालाई सुनाएँ । आमाले सान्त्वना दिंदै मलाई सम्झाउनु भयो । यो घटना घटेको आज २२ बर्ष भैसकेको छ । ती आमैसँग मेरो कुनै पनि रिस, राग र बैरभाब कहिल्यै छैन । तापनि उनको बचनले बनाएको घाउ काहीं बल्झिने गर्छ ।