ती पलहरू त बिती गए, आउने दिनलाई कल्पिनु छ
हजार सपना देख्ने त्यो मन, रित्तो आशले भर्दिनु छ
नचाहदै टुट्ने सपना, अधुरो सपना बोकी हिंड्दै
सम्झिदैछु त्यो क्षणलाई, यथार्थमा किनारिंदै
बिती गए ब्यथाहरू, आउने पलको सपना देख्नु छ
खोक्रिएको यो मुटुलाई, रित्तो आशाले भर्दिनु छ