नेपालीय मैथिलीः संस्कृति र राजनीति सीके लाल सांस्कृतिक समीक्षा हिमाल खबरपत्रिका by kbsJune 23, 2010कुनैबेला मिथिलाको राजधानी वरिपरि घुमिने अन्तरगृह परिक्रमा फर्किसकेको छैन। रङ अबिरले राम-जानकीको डोला मन्दिर फर्केपछि मात्र जताततै राताम्य देखिने छ। तर होलीको उमङ्गले भने शहरलाई छोइसकेको अनुभव गर्न गाह्रो छैन।