Skip to content

निनाम लोवाक्ती कुलुङ

कप्तानको रिसले ‘माओवादी’ बन्दा

मान्छेको जीवनमा बिर्सनै नसकिने कुनै न कुनै भयङ्कर घटना, दुर्घटनाहरू घटिनै रहेका हुन्छन् । त्यस्तै यो पङ्क्तिकारको जीवनमा पनि एकपटक यस्तै दुर्घटना घट्यो । कुरो ०५८ साल मङ्सिर-पुस महिनाको हो । १७ जना अष्ट्रेलियन खैरे (पर्यटक)हरूसँग चुलु स्थानीय भाषामा ‘जुलु’ वेस्ट पिक चढ्न कास्की जिल्लाको वेगनास ताल हुँदै लमजुङ जिल्लाको खुदी निक्लिएर भुलुभुले हुँदै मनाङ गएका थियौँ । हाम्रो यात्रा तालिका २९ दिनको थियो ।

पदयात्रा गर्ने रहर जाग्दा

  • by

सानो छँदा सोच्थेँ कि, वरिपरिका डाँडाकाँडाहरू काटेर जान पाए कहाँसम्म पुगिन्छ होला ? ठूला मान्छेहरूले मधेस जाने, मधेस जाने भनेको नसुनेको पनि होइन । अन्ततः गाउँ वरिपरिका डाँडाकाँडाहरू काटेर मधेस पनि गइयो । जहाँ पुग्नलाई आफ्नो गाउँघर सम्दु ७ संगपू (सुम्दावा सङबो)देखि देखेका डाँडाकाँडाहरूबाहेक पनि अन्य थुप्रै डाँडोहरूलाई कयौँ दिन लगाएर काट्नु परेको थियो भने सिमरबाट तम्बरखोलाको तीरैतीर लाबरबोटेमा पुगेपछि बल्ल जीप भेटेर चढ्न पाइएको थियो । जुन निक्कै कष्टप्रद यात्रा थियो । बाटामा खुटा सुन्निएर हिँड्नै नहुने भएको थियो ।